अव ब्याट्री बिनाका रिमोट
बेलायती अनुसन्धानकर्ताहरुले रेडियो, घडी र टिभीको रिमोटका लागि ब्याट्री नचाहिने प्रविधिको विकास गरेका छन । बेलायतको एक विश्व विद्यालयका अनुसन्धानकर्ताहरुले अब रेडियो, घडी, टेलिभिजनको रिमोट लगायतका विद्युत्तीय सामग्रीको प्रयोगमा ब्याट्रीको प्रयोग आवश्यक नपर्ने बताएका छन ।
प्राध्यापक बेन ऐलेनले यो प्रविधिले उर्जाका लागि रेडियो तरंगको प्रयोग गर्ने बताउनु भएको छ । यो प्रविधिले बिद्युतीय सामग्रीमा लाग्ने व्याट्रीलाई पूरै बिस्थापित गर्न सक्ने बताउनु भयो । ऐलेनका अनुसार रेडियो तरंगमा ध्वनी, वायु र प्रकाश जस्ता उर्जाका कारण यो प्रविधि सफल भएको हो । अनुसन्धानकर्ताहरुले यसलाई आफ्नो खाली समयको प्रतिफल भनेका छन । बेलायतमा मात्र हरेक वर्ष झण्डै २५ हजार टन ब्याट्रीको प्रयोग हुन्छ । ब्याट्रीमा भएको विषाक्त पदार्थले मानिस, जमिन, वातावरण र जीवजन्तुलाई ठूलो नोक्सानी हुने गर्छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top