लङ रेन्ज युएसबी वाईफाई डिभाइस


कम्प्युटरमा राम्रोसँग इन्टरनेट नचलेर हैरान बन्नुभएको छ वा ल्यापटपमा वाईफाई कनेक्सन स्लो छ ? चिन्ता नलिनुस्, अब यी दुवै समस्याबाट मुक्ति पाउन लङ रेन्ज युएसबी वाईफाई डिभाइस उपलब्ध छ। पहिलो पटक नेपालमा भित्रिएको यो डिभाइसले ५ किलोमिटर टाढासम्मको वाइफाइ टिप्न सक्छ। कोठामा बत्ती नहुँदा पनि फरक पर्दैन। यसको सहायताले इन्टरनेट चलाउन सकिन्छ। यसको प्रमुख विशेषता भनेको डिभाइसको खरिदसँगै ८ मिटर लामो युएसबी केवल उपलब्ध हुनु हो। डिभाइसले तानेको बलियो सिग्नलका कारण उच्च गतिमा इन्टरनेट चलाउन सकिन्छ। ताइवानमा निर्मित यो डिभाइसलाई ४ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ। नयाँ बानेश्वरको सिडब्लुसीमा यो डिभाइस उपलब्ध छ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top