दाइजो माग्नेलाई फेसबुकबाटै जुत्ता हानौँ
भारतीय डेटिङ एजेन्सी सादी डट कमले दाइजो सम्बन्धि हिंसाका विरुद्ध सुरु गरेको एङ्ग्री ब्राइडस् नामक फेसबुक गेम निकै चर्चित भएको छ । सामाजिक सञ्जालको माध्यमबाट दाइजो विरुद्ध चेतना फैलाउन एक महिना अघि सुरु भएको यो एप्लिकेसनका हालसम्म ३ लाख ५० हजार प्रयोगकर्ता छन् ।
तर कतिपय अधिकारकर्मीहरुले भने गाउँका थोरै महिलासँग पनि कम्प्युटर नभएकोले यसको प्रभाव नहुने बताएका छन् । यो एउटा विज्ञापन मात्रै भएको भन्दै उनीहरुले आलोचना समेत गरेका छन् ।
प्रहरीको तथ्याँक अनुसार भारतमा वार्षिक झण्डै ९ हजार महिलाको थोरै दाइजो ल्याएको भन्दै हत्या हुने गरेको छ ।
तपाईँ पनि एङ्ग्री ब्राइड खेल्ने ? यहाँ क्लिक गर्नुहोस् : एङ्ग्री ब्राइडस्
–एसिया कलिङको रिपोर्टमा आधारित
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |