फ्रेड्ढलिन स्पेलिङ करेक्टर


अंग्रेजी शब्द लेख्दा वा बोल्दा जहिले पनि गल्ती हुन्छ ? हुन्छ भने नआत्तिनुहोस्। यो समस्यालाई हालसालै बजारमा आएका 'फ्रेङ्कलिन स्पेलिङ करेक्टर' ले हल गरिदिने भएको छ। अफिसियल टुलका रूपमा बजारमा आएको यो फ्रेङ्कलिन स्पेलिङ करेक्टरको मद्दतबाट कुनै पनि अंग्रेजी शब्दको शुद्ध स्पेलिङ र उच्चारण कसरी गर्ने भन्ने कुरा सजिलै सिक्न सकिन्छ। फ्रेङ्कलिन स्पेलिङ करेक्टरमा शब्दकोश मात्र समेटिएको छैन, ठेट अंग्रेजी शब्दका विस्तृत अर्थ बताउने थेचारस पनि समेटिएको छ। यसमा भिडियो गेम र म्युजिक पनि समेटिएकाले मनोरञ्जनको फाइदा पनि लिन सकिन्छ। विद्यार्थी, शिक्षक, लेखक तथा अफिसमा काम गर्ने कर्मचारी सबैका लागि यो टुल उपयोगी हुने विश्वास गरिएको छ। त्यसो त मोबाइल फोन र ल्यापट्पमा पनि डिक्सनरीको सुविधा उपलब्ध हुन्छ, तर यो मोबाइल छापिएको कागजको डिक्सनरीभन्दा भिन्न विशेष सुविधाका अतिरिक्त भएको तथा हलुका, आकर्षक एवं प्रयोग गर्न सजिलो छ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top