यतिबेला टेक बजारमा नोकियाको पहिलो एन्ड्रोइड स्मार्टफोन ‘नोकिया एक्स’को चर्चा छ ।

एन्ड्रोइड अपरेटिङ सिस्टमले मोबाइल बजारको ८० प्रतिशत हिस्सा कब्जा गरिसकेपछि बल्ल नोकियाले एन्ड्रोइडलाई अंगाल्ने हिम्मत गरेको छ ।

बिकासशील मुलुकका कम आय भएका उपभोक्तालाई लक्षित गरि ल्याइएको यो फोनमा के कस्ता सुबिधा छन ? ओर्जिनल एन्ड्रोइड फोनभन्दा यो कति फरक छ ? मूल्य कति छ ? सुबिधा के छन् ? आउनुस् आज हामी तपाईलाई यही फोनको नालीवेली दिँदै छौं जो छिटै नेपाली बजारमा पनि उपलब्ध हुने छ ।

महत्वपूर्ण कुरा के हो भने यो फोन भारत, चीन, इण्डोनेसिया, अफ्रिका लगायतका एशिया तथा अफ्रिकी मुलुकका लागि लक्षित गरिएको छ । त्यसैले यो फोन अमेरिका, क्यानडा, जापान, कोरिया लगायतका बिकशित मुलुकमा उपलब्ध हुने छैन् ।

नोकिया एक्स सेरिजमा तीन मोडलमा उपलब्ध छ– नोकिया एक्स, नोकिया एक्स प्लस र नोकिया एक्सएल।

यी तीनवटै मोडल डुअल कोर प्रोसरयुक्त छन र दुईवटा सीमकार्ड राख्न सकिन्छ ।

नोकियाको एक्स सेरिजमा गुगलको एन्ड्रोइड जेलिवीन ४.१ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।

नोकिया एक्स : नोकिया एक्समा ४ इन्चको एलसीडी स्त्रिन छ, ५१२ एमवी ¥याम छ र ३ मेगाफिक्सेलको क्यामेरा छ । यसको बजार मूल्य ८९ युरो अर्थात झण्डै १२ हजार रुपैयाँ तोकिएको छ ।

नोकिया एक्स प्लसः ४ इन्चकै स्क्रिन रहेको नोकिया एक्स प्लसमा ७६८ एमवी ¥याम छ भने ४ जीवी माइक्रो एसडी कार्ड छ भने अन्य फिचर नोकिया एक्सकै जस्तो छ ।

नोकिया एक्सएल : ५ इन्चको स्क्रिनयुक्त नोकिया एक्सएलमा ५ मेगापिक्सेलको क्यामेरा र २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा प्रयोग गरिएको छ । यसमा ७६८ एमवी ¥याम छ ।

ओर्जिनल एन्ड्रोइडभन्दा कति भिन्न ?


नोकियाको यो पहिलो एन्ड्रोइड फोन भएपनि अरु एन्ड्रोइड फोनमा जति फिचर छैनन् । यसमा एन्ड्रोइडको कस्टुमाइज्ड भर्सन प्रयोग गरिएको छ । यसमा गुगलका सेवाहरु जस्तै गुगल म्याप, गुगल एप स्टोर, क्रोम लगायतका सुबिधा पाइने छैन् ।

यसको सट्टा नोकिया एक्स सेरिजमा माइक्रोसफ्टको आउटलुक, माइक्रोसफ्ट एक्सचेन्ज, नोकिया एक्सप्रेस ब्राउजर र हेयर म्याप्स प्रयोग गरिएको छ ।

झ्ट्ट हेर्दा यसको स्क्रिन र लेआउट एन्ड्रोइड हैन, विण्डोज फोन र नोकियाको आशा सेरिजको जस्तो देखिन्छ ।

नोकियाले आफ्ना एन्ड्रोइड फोनका लागि बेग्लै एप स्टोर ल्याउने तयारी गरिरहेको छ जसले गुगल प्ले स्टोरको बिकल्प दिने छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top