संसारका धेरै मान्छेहरु संगीत सुन्न मन पराउछन। बजारमा विभिन्न किसिमका म्युजिक सिस्टमहरु पनि उपलब्ध छन, कुनै सस्तो र कुनै त अति नै महंगो पनि भेटिन्छन। तर यस्तो म्युजिक सिस्टमको बारेमा जो कसैलाई थाहा नहुन सक्छ, जसबाट निस्केको संगीतले मान्छेको ज्यानै जान सक्छ भनेर।

विज्ञानका अनुसार संगीतको ध्वनी १३५ डेसिमल भन्दा बढी भएको खण्डमा संगीत सुन्ने मानिसको मृत्यु हुन सक्छ। यस्तो मृत्यवरण गराउने संगीत कुनै आइफोन वा कुनै पनि फोनमा नभई यूरोपियन स्पेस एजेन्सीको विशाल साउण्ड सिस्टममा अवस्थित छ।

यो युरोपमा भएको सबैभन्दा शक्तिशाली हर्न (ध्वनी) हो। जब यो अधिक स्वरमा बज्न शुरु गर्छ तब नजिक भएका मानिसहरुको बाँच्ने सम्भावना नै हुदैन । अहिलेसम्म कुनै पनि मानिसले यो ध्वनीको गहिराई सम्म सुन्न सकेको छैन। यदि कसैले सुन्ने कोशिश गरेमा उक्त व्यक्तिको तत्कालै मृत्यु भईहाल्छ।

यो ध्वनी यूरोपियन स्पेस एजेन्सीको एक विशाल हिस्सा हो। एक टेस्ट चेम्बरमा ध्वनीको तिब्रता र यसको परिणाम जान्नको लागि यसको प्रयोग गरिन्छ। यसको प्रयोग रकेट लन्च गर्दा आउने ध्वनीबाट हुने नोक्शानबाट बचाउनको लागि गर्ने गरिन्छ।

यो साउण्ड सिस्टमको एक टेस्ट चेम्बरको भित्र राखिएको हुन्छ। यो चेम्बर १६.४ मीटर उचाई, ११ मीटर चौडाई र ९ मीटर गहिराईको छ। चेम्बर भित्रको ढोकामा हर्नको साहारा लिएर नाइट्रोजन हालेपछि एक शक्तिशाली ध्वनी निस्किन्छ। यसको आवाज १४५ डेसिबल भन्दा पनि बढि आउने गर्छ।

यो मेशीनको प्रयोग हतियारको रुपमा पनि गर्न सकिन्छ। १२० देखि १९० डेसिबल क्षमता भएको ध्वनीवाला ग्रेनेट भन्दा पनि भयानक ध्वनी यो मेशिनबाट आउने गर्छ। एक शोधकर्ताका अनुसार २१० डेसिबल ध्वनी क्षमता भएको विस्फोटकले मानिसको भित्रि अंगमा असर गर्दै अन्तमा मृत्यु हुने गर्छ।


यस्तो भयानक क्षमता भएको मेशिनलाई यूरोपियन स्पेस एजेन्सीले अहिले सम्म हतियारको रुपमा प्रयोग गरेको छैन। एजेन्सीले यसको प्रयोग एकान्त वा मजबुत सिस्टम बनाएर मात्र गर्ने गर्छ अथवा सम्पुर्ण सुरक्षाको व्यवस्था अपनाएर मात्र गर्ने गर्छ। यसको सक्कली आवाज कस्तो छ भनेर अहिले सम्म कसैलाई पनि थाहा छैन किनकि यसको सक्कली आवाज सुन्ने मानिस अहिलेसम्म कोही पनि बाँचेको छैन।

2 प्रतिक्रिया:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. अलि कति बिनाशकारी प्रबिधिको बिकास भयो जस्तो लाग्यो

    ReplyDelete

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top