स्मार्टफोन निर्माता सामसुङले ग्यालेक्सीको नयाँ सिरिज ‘एस५’ सार्वजनिक गरेको छ ।

स्पेनको बार्सिलोना जारी ‘मोबाइल वल्र्ड कांग्रेस’मा मंगलबार सामसुङका प्रमुख कार्यकारी अधिकृत जेके शिनले स्मार्टफोनको नयाँ रेन्ज सार्वजनिक गरे ।

आगामी अप्रिलबाट बजारमा उपलब्ध हुने ५एसको मूल्य अहिले सार्वजनिक गरिएको छैन ।

ग्यालेक्सी एस ४ जस्तै देखिने यो फोन केही ठूलो अर्थात ५.१ इन्चको स्क्रिन छ भने निकै पातलो र आर्कषक छ । झट्ट हेर्दा फोनको कभर मेटलजस्तो देखिए पनि प्लाष्टिक नै हो । सामसुङको ग्यालेक्सी एस ५ सेतो, कालोसहित चार रंगमा उपलब्ध हुनेछ ।

ग्यारेक्सी एस ५ मा आईफोनको ५ एसमा जस्तै फिंगरप्रिन्ट स्क्यानरको क्षमता छ । सोनी एक्सपिरिया जेडजस्तै यो फोन पनि वाटरप्रुफ छ । स्मार्टफोन बजारमा हाल उपलब्ध सवै सुबिधाहरु एकै ठाउँमा राखेर सामसुङले यसलाई ‘सुपरफोन’को रुपमा बिकाश गरेको छ ।



ग्यालेक्सी एस५ मा पछाडिको क्यामराको ठिक तल एक हार्ट सेन्सर राखिएको छ, जसले प्रयोगकर्ताको मुटुमाथि समेत नजर राख्नेछ । यदि तपाईले यो फ्लासमाथि औ


ला राख्नुभयो भने यसले तपाईको ब्लड प्रेसरको दर थाहा दिने छ ।

यसको होम बटममा फिंगरप्रिन्ट स्क्यानर छ, जसले फोनलाई एक स्वाइपबाट अनलक गर्ने सुविधा दिनेछ । साथै यसमा किड्स मोड नामको नयाँ फिचर थपिएको छ ।

किड्स मोड इनेबल गर्दा तपाईका बच्चाले फोनको ती फिचरहरु मात्र प्रयोग गर्न सक्छन्, जसलाई तपाईले अनुमति दिनु भएको छ ।

सामसुङले पेपालसँग पनि सम्झौता गरेको छ, जसका कारण तपाईले स्क्यानरमा स्वाइप गरेरै मोबाइल सुरक्षित रुपमा भुक्तानी गर्न सक्नुहुन्छ ।

यसमा १०८०x१९२० पिक्सेल्स रेजुलेसन भएको ५.१ इन्चको सुपर एमोलेड डिस्प्ले छ । २.५ गिगाहर्ज प्रोसेसर र २ जीबीको रयाम छ । यो फोन एन्ड्रोएड ४.४.२ किटक्याट भर्सनमा चल्छ ।

यसमा १६ मेगापिक्सलको ब्याक क्यामरा छ भने २.१ को फ्रन्ट क्यामरा छ । क्यामेरा धेरैवटा मोड उपलब्ध छन जसले गर्दा तपाई अनेक प्रकारले फोटो खिच्न सक्नुहुन्छ ।

सामसुङ ग्यालेक्सी एस ५ मा १६ जीबी र ३२ जीबी स्टोरेज क्षमतामा उपलब्ध छ । यसमा रहेको २८०० एमएएच क्षमताको यो ब्याट्री स्टाण्डबार्य मोडमा ३०९ घण्टा र कुरा गर्दा २१ घण्टासम्म टिक्ने कम्पनीको दावी छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top