तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ की अबको १५ वर्षपछि मानिसले होइन रोबटले शासन गर्नेछ भनेर। यो अरु कसैले नभनेर एक यस्ता वैज्ञानिकले भनेका हुन जसले अहिलेसम्म भनेका प्राय सबै कुरा सावित भइसकेका छन। उनी हुन, विश्वमा सर्वाधिक रुचाइएको सर्च इन्जिन गुगलका इन्जिनियर डाइरेक्टर रे कुर्जवेइल।

कुर्जवेइलले एक पत्रिकालाई अन्तरवार्ता दिदै अबको १५ वर्षमा यो विश्व रोवटको हातमा हुने कुरा बताउको डेलीमेलले समाचारमा उल्लेख गरेको छ। उनले सोही अन्तरवार्तामा आफ्नो भविष्यवाणी केही हलिउड चलचित्र र हाइ प्रोफाइल एआइ डेभेलेपमेन्टसमा देखाईसकेको दाबी गरेका छन। गुगलका इन्जिनियर कुर्जवेइलका अनुसार सन २०२९ सम्म कम्प्युटर मानिसका सबै भाषा र बडी ल्याङग्वेज बुझ्न भइसक्नेछ। यसका साथै कम्प्युटरले मानिसहरुको अनुभवबाट आफै पनि केही कुराहरु सिक्न अभ्यास गर्नेछ र विश्वको सवैभन्दा सर्वश्रेष्ठ ब्रेन भएको भइसक्नेछ।

६६ वर्षीय यी गुगलका इन्जिनियर कुर्जवेइल आर्टिफिसियल इन्टेलिजेन्सका महान वैज्ञानिक र विद्धान मानिन्छन। उनले यसअघि गरेका भविष्यवाणी सही सावित भएका छन।

कुर्जवेइलले सन १९९० मा भनेका थिए, ‘सन १९९८ सम्ममा कम्प्युटरले चेसमा मानिसलाई जित्नेछ र त्यो सन १९९७ मा आइबिएमको डीप ब्लुले ग्यारी कास्पारोभलाई साच्चै नै हराई दिएपछि उनको भविष्यवाणी सहि सावित भएको थियो।

यसका साथै इन्टरनेटको द्रूत गतिमा विकास नभइसक्दै उनले एक दिन भनेका थिए, ‘अब विश्व नै इन्टरनेटको सञ्जालमा जोडिनेछ।’ र आखिरीमा त्यो कुरा आज आएर सावित भइसकेको छ, जून तपाई हामी सबैले इन्टरनेटको प्रयोग दैनिक गरिरहेका छौ।

कुर्जवेइलले टेक्स्ट टू स्पिच सिन्थेसिस, प्लेटवक्स स्क्यानर, स्पिच रिकगनिसन जस्ता अचम्मको प्रविधीमा आफ्नो दक्षता र क्षमताको सफल प्रयोग गरेर विश्व सामू पेश गरिसकेका छन। विशेषगरी कुर्जवेइल थ्योरी अफ सिङगुल्यारीटीका लागि चर्चित मानिन्छन।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top