के तपाईं सस्तो मूल्यमा आउने क्वाड-कोर प्रोसेसरवाला स्मार्ट फोन खोज्दै हुनुहुन्छ? त्यसो हो भने आज म तपाइलाई  लगभग २४,००० रुपैयाक हाराहारीको मूल्य भएका उत्कृष्ठ ५ क्वाड कोर प्रोसेसरवाला स्मार्टफोनका  बारे मा एक लेख लेख्न जाँदैछु। यो लेख पढ्नुहोस् जसले तपाइलाई तपाइको लागि उपयुक्त स्मार्ट फोन खरिद गर्न ठुलो मद्धत गर्नेछ।

स्मार्टफोनको प्रोसेसिङ्ग क्षमता को बारेमा कुरा गर्दा बिजुली चम्केको झैँ गति हुन जरुरि हुन्छ । यो हामी सबैको इच्छा हो कि हामीले प्रयोग गर्ने वा गरेको स्मार्ट फोन को प्रोसेसिङ्ग क्षमता उच्च होस् या भनौ हाम्रो स्मार्ट फोन को प्रोसेसर एकदम उच्च गतिको क्षमताको हुन जरुरि छ । यस्ता तिब्र प्रोसेसिङ्ग क्षमतायुक्त स्मार्ट फोनको निर्माणमा धेरै निर्माता कम्पनिहरु प्रतिस्पर्धामा उत्रिएका छन् । तर उपयोगी र अत्याधुनिक फिचर समाबेस भएका स्मार्ट फोन को दुनियाका राजा मानिने Samsung , Sony  जस्ता ठुला कम्पनि का महँगा स्मार्ट फोन हरु आम मानिसको लागि किफायती हुन सक्दैन । त्यसैले  यो लेख मा हामी सस्तो मूल्य  र उच्च क्षमताका क्वाड-कोर प्रोसेसर युक्त स्मार्ट फोनको बारेमा कुरा गर्दैछौं जो करिब २४,००० को हाराहारी मा बजारमा उपलब्ध छन  । 

Xolo Q600

FWVGA प्रदशन क्षमतायुक्त ४.५ इन्चको  स्क्रीन रहेको यो फोनको रिसोलुशन ८५४ x ४८०  छ । यसबाहेक Xolo Q600 एण्ड्रोइडको पछिल्लो Android 4.2 जेली बीनयुक्त ड्युल सिम लाग्ने स्मार्ट फोन हो । यो फोनको प्रोसेसरको  बारेमा  कुरा गर्नु पर्दा  यो फोनको प्रोसेसर  Mediatek Chipset युक्त 1.2Ghz प्रोसेसिङ्ग क्षमताको छ । अर्को   पक्ष, यो फोनमा PowerVR SGX544 द्वारा संचालित हुने २३८Mhz  युक्त एक GPU छ । यो फोनको कमजोरीको बारेमा कुरा गर्दा मात्र RAM को कुरा आउछ जो मात्र  512 MB को छ । यसमा L .E .D  फ्लासयुक्त ५ मेगापिक्सेल अटोफ़ोकस  प्राइमरी क्यामेरा र ०.३ मेगापिक्सेलको सेकेण्डरी क्यामेरा छ  । यसबाहेक ४ जीबी  आन्तरिक मेमोरी  र ३२ जी बि सम्मको एक्स्पाण्डेबल मेमोरी  छ । २००० mAh क्षमताको ब्याट्रिले लगातार ३३३ घन्टाको स्ट्याण्ड्बाइ दिन सक्छ । यो फोन बजारमा रू. १४,३९९ देखि उपलब्ध छ ।


Lava Iris 504Q

यो अर्को क्वाड-कोर स्मार्ट फोन हो जो एन्ड्रोइड 4.2 जेली बीन द्वारा संचालित छ । लावा आइरिस 504Q पनि ५ इन्चको उत्कृष्ठ आइ.पी.एस स्क्रिनयुक्त १२८०  x ७२०  पिक्सलको HD रिसोलुशन दिने क्षमताको स्मार्ट फोन हो । अर्को कुरा यो फोन  १ जीबी RAM सहित शक्तिशाली 1.2 GHz क्वाड-कोर प्रोसेसरयुक्त  छ। ड्युल सिम जाने यो फोनको क्यामेरा कुरा गर्दा,  बी.एस.आई सेन्सर  र एल.इ.डि फ्लास लाइटयुक्त ८ मेगापिक्सेलको शक्तिशाली प्राइमरी क्यामेरा र २ मेगापिक्सेल को सेकेण्डरी क्यामेरा छ  । लावा आइरिस 504Q 1080p को क्षमतामा भिडियो  शूटिंग लागि उपयोगी छ । ४ जीबी  आन्तरिक मेमोरी रहेको यो फोनको मेमोरिलाई पनि microSD कार्ड मार्फत ३२  जीबी सम्म विस्तार गर्न सकिन्छ । २०००  mAh को ब्याट्री युक्त यो फोनको बजारको मूल्य रू. २१,४९९ बाट सुरु हुन्छ ।

Xolo Q1000


५  इन्चको डिस्प्ले  भएको यो फोनको रिसोलुशन १२८० x  ७२० हुनुको साथै यसको पिक्सेल घनत्व 295ppl रहेको छ । यसको बिशेष फिचरको कुरा गर्नु पर्दा यसको स्क्रिन ड्रागन ट्रेल ग्लास बाट बनेको छ जो स्क्र्याच  प्रुफ  छ । यसमा १ जीबी को  RAM तथा  1.2 GHz क्वाड-कोर प्रोसेसर समाबेश  छ । यो फोन  Android 4.2 जेली बीनद्वारा संचालित छ । ड्युल सिम लाग्ने यो फोनमा पनि  ८ मेगापिक्सेल को प्राइमरी क्यामेरा र १.२ मेगापिक्सेल को सेकेण्डरी क्यामेरा छ । यस   वाहेक, यो फोनमा पनि पूर्ण HD भिडियो प्लेब्याक को फिचर छ । अर्कोतर्फ, यसमा  ४ जीबी  आन्तरिक र ३२ जीबी सम्म  को एक्स्पाण्डेबल मेमोरी छ । २१०० mAh को ब्याट्री प्रयोग भएको यो फोनको नेपाली  बजारको मूल्य रू. २१,९००  छ ।

Videocon A55HD


यो अर्को 1.2 GHz क्वाड-कोर प्रोसेसर युक्त  स्मार्ट फोन हो जो एन्ड्रोइड 4.2 जेली बीन द्वारा संचालित छ । यो  ५ इन्चको उत्कृष्ठ आइ.पी.एस स्क्रिनयुक्त १२८०  x ७२०  पिक्सलको HD रिसोलुशन दिने क्षमताको स्मार्ट फोन हो । ड्युल सिम लाग्ने यो फोनमा पनि  ८ मेगापिक्सेल को प्राइमरी क्यामेरा र ३.२ मेगापिक्सेल को सेकेण्डरी क्यामेरा छ ।यसमा १ जीबी को  RAM  को प्रयोग भएको छ साथै यसमा  ४ जीबी  आन्तरिक र ३२ जीबी सम्म  को एक्स्पाण्डेबल मेमोरी छ ।अर्को ठूलो सुविधा यो फोनमा ब्लुटुथको माध्यमबाट उच्च गतिमा फाइलहरु ट्रान्सफर गर्नको लागि  ब्लुटुथ ४.० समाबेश छ। २०००  mAh को ब्याट्री युक्त यो फोनको बजारको मूल्य पनि  रू. २१,४९९ बाट सुरु हुन्छ ।

Karbonn S2 Titanium 


Karbonn S2 टाइटेनियम अर्को 1.2 GHz क्वाड-कोर प्रोसेसर युक्त  स्मार्ट फोन हो जो एन्ड्रोइड 4.1 जेली बीन द्वारा संचालित छ । यो  ५ इन्चको डिस्प्लेयुक्त यो फोनको रिजोलुशन ८५४   x ४८०   पिक्सल रहेको छ  । यो फोनमा  ८ मेगापिक्सेल को प्राइमरी क्यामेरा र २ मेगापिक्सेल को सेकेण्डरी क्यामेरा छ ।यसमा १ जीबी को  RAM  को प्रयोग भएको छ साथै यसमा  ४ जीबी  आन्तरिक र ३२ जीबी सम्म  को एक्स्पाण्डेबल मेमोरी छ । २०००  mAh को ब्याट्री युक्त यो फोनको बजारको मूल्य अरु फोन को हेरी केहि सस्तो छ । यसको बजार मूल्य रू. १७,४९९ बाट सुरु हुन्छ ।

माथिका फोनहरु तपाइले घरमै बसी बसी प्राप्त गर्न सक्नुहुनेछ । जो तलको भिडियोमा देखाइएको छ  । भिडियो हेर्न बक्सको बिचमा क्लिक गर्नुहोला। धन्यवाद ।












0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top