२० रुपैंयामा ३० रात सम्म फोनमा कुराकानी गर्न पाइने भएको छ। नेपाल टेलिकमले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर आफ्नो सीडीएमए सेवाको शूल्कमा परिमार्जन तथा छुटको व्यवस्था गरेपछि महिनाको सबै रात २० रुपैंयामा नै कुराकानीमा बिताउन सकिने भएको हो। टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले रात्री कलको प्याकेजका रुपमा माघ २२ देखी तीन महिना राती १० बजेदेखी विहान ६ बजेसम्म टेलिकमको नेर्टवर्क भित्र अनलिमिटेड कुराकानी गर्न सकिने जानकारी दिए। टेलिकमले यो सुविधा सीडीएमए प्रिपेड सेवामा सुरु गरेको हो।

त्यसैगरी सीडीएमए पोष्टपेड र प्रिपेड दुवै सेवामा फ्रेण्ड एण्ड फेमेली कल (एफएनएफ) सेवामा पनि टेलिकमले छुटको घोषणा गरेको छ। माघ २२ पछि तीन महिनासम्म टेलिकमको सीडीएमए पोष्टपेडमा ५५ पैसा र प्रिपेडमा ७५ पैसा प्रतिमिनेटमा आफ्ना आफन्तसँग कुराकानी गर्न सकिन्छ। यससँगै टेलिकमले राजधानीमा सीडीएमए स्काइ फोनको पोष्टपेड सेवा राजधानीमा बिक्रि सुरुवात गर्ने पनि जनाएको छ। सीडीएमएमा टेलिकमको अन्य अफर यस्ता छन्ः

१. बोल्न र सुन्न नसक्ने व्यक्तिहरूका लागि नेपाल सरकारबाट मान्यता प्राप्त संघ संस्थाबाट जारी बहिरा/अपांगताको प्रमाण पत्रको आधारमा रु. १००/- मा रु. १००/-बराबरको Talk Value रहने गरी SIM/RUIM बिक्री गर्ने तथा सो SIM/RUIM बाट कम्पनीकै नेटवर्कमा SMS गर्दा मिति २०७०/१०/२२ देखि ३ महिनाको लागि प्रति SMS २० पैसा कायम गर्ने ।

२. Postpaid (GSM/CDMA) मोबाईल ग्राहकहरूलाई मिति २०७०/१०/२२ देखि ३ महिनाको लागि विद्यमान मासिक महसुलमा प्रति महिना 50 MB data सेवा निःशुल्क वितरण गर्ने ।

३. EVDO सेवाको 2GB, 5GB र 10 GB Data package को हाल कायम रहेको समयावधि १ महिनाबाट बढाई २ महिना कायम गर्ने । यसैगरी नयाँ 25 MB तथा 300MB Data package क्रमशः २ दिन र १५ दिनको समयावधि कायम गरि वितरण गर्ने । यो समयावधि मिति २०७०/१०/२२ देखि तीन महिना सम्म थप गर्ने ।

४. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (Female Community Health Volunteer ) हरूलाई special package अन्तर्गत वितरण गरिने SIM/RUIM बाट कम्पनीकै नेटवर्क भित्र हुने प्रत्येक १० मिनेट कलको रू १।– का दरले मिति २०७०/१०/२२ देखि तीन महिना सम्म बोनस वितरण गर्ने ।

५. मिति २०७०/१०/२२ देखि लागु हुने गरी GSM तथा CDMA (Sky-phone) postpaid मोबाईल सेवाको subscription charge हाल कायम रहेको रु. २,१३०।- बाट परिमार्जन गरि रु. १,४३०।– कायम गर्ने ।

1 प्रतिक्रिया:

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top