फेसबुकले चुपचाप आफ्नजो तीन वर्ष पुरानो इमेल सेवा बन्द गर्ने फैसला गरेको छ । यो प्रयोगकर्ताहरुले ‘@facebook.com’ इमेल एकाउन्ट पाउँथे ।
अब यो ‘@facebook.com’ एकाउन्टमा आउने इमेलहरुलाई प्रयोगकर्ताहरुले साइन इन गर्ने इमेल एकाउन्टमा पठाइनेछ ।
यो परिर्वतन मार्चबाट लागू हुनेछ । यो सेवाको सुरुवात २०१० नोभेम्बरबाट भएको थियो, जसमा प्रयोगकर्ताले एकै इनबक्समा फेसबुक म्यासेज, एसएमएस र पारम्परिक इमेल पाउँथे ।
२०१२ जुलाइमा फेसबुकले युजरको इमेल एड्रेस हटाएर प्रोफाइलमा ‘@facebook.com’ वाला इमेल एड्रेस राखेपछि आलोचना समेत भएको छ । पछि फेसबुकले त्यो इमेल एड्रेस हटाएको थियो ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |