‘सामाजिक सञ्जालले बनायो हैरान’
काठमाडौं, माघ ७ – युवापुस्ता बिस्तारै फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालबाट दिक्क हुँदै गएको एक अध्ययनले देखाएको छ । भारतमा गत अक्टोबर देखि डिसेम्बरसम्म गरिएको अध्ययन अनुसार युवापुस्ताले फेसबुक, गुगल प्लस, ट्वीटर, लिंकेडइन र माइस्पेस जस्ता साइटमा बिताउने समय घटाउन थालेका छन् । 
५५ प्रतिशत युवाहरुले आफुले सामाजिक सञ्जालहरुमा खर्चने समय घटाएको बताएका छन् । उनीहरुले सुरुवातमा जस्तो मनपर्ने सामाजिक सञ्जालप्रति हुरुक्क हुने नगरेको बताएका छन् । युवाहरुले सामाजिक सञ्जललाई बोरिङ, कन्फ्युजिङ र डिप्रेसन दिने खालको भनेका छन् । सामाजिक सञ्जालमा भन्दा युवाहरु अन्य समाचारमूलक साइट, ईमेल वा गेम खेल्न आकर्षित भएको अनुसन्धानले देखाएको छ । 
 
सर्वेक्षणमा सहभागी मध्ये धेरैले सामाजिक सञ्जालका कारण आफन्त र साथीसँग भेटघाट र बोलचाल नभएको बताएका छन् । सामाजिक सञ्जालमा भुल्नुभन्दा वास्तविक भेटघाट र कुराकानीतर्फ उनीहरु आकर्षित भएका छन् । यस्ता साइटको नियमित प्रयोगले एकाग्रतामा कमी, अनिन्द्रा , डिप्रेसन, वेचैनी र हैरानी भएको उनीहरुले बताएका छन् । 
 
नयाँ दिल्लीका युवाहरुमध्ये ६५ प्रतिशतले बेकारका स्ट्याटस अपडेट वा यस्तै कारणले आफुहरु दिक्क भएको बताएका छन् । सर्वेक्षण भारतका मुख्य सहर अहमलावाद, बैंगालोर, चण्डीगढ, चेन्नई, दिल्ली, हैदरावाद, लखनउ, मुम्बई र पुनेका १२ देखि २५ वर्ष उमेर समूहका दुई हजार युवाहरुमा गरिएको थियो । भारतको एसोसिएटेड चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले अध्ययन गरेको हो । 
 
सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै संस्थाका महासचिव डीएस रावतले युवाहरु बिस्तारै सामाजिक सञ्जालमा आधारित साइटमा खर्चने समय अन्यत्र लगाउन थालेको बताए । –एजेन्सीको सहयोगमा

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top