
पृथ्वीका जुम्ल्याहा ग्रह जस्ता रहेका ती ग्रहमा इतिहासमा कुनै समय जीवको अस्तित्व रहेको हुनसक्ने खगोदविद्हरुले बताएका छन् । अध्ययन टोलीका प्रमुख तथा क्याम्ब्रिज विश्वविद्यालयको खगोलीय भौतिक विज्ञान केन्द्रका वैज्ञानिक डा. फ्रान्कोइस फ्रेसिनले पृथ्वीजस्ता ग्रहहरु पत्ता लगाउने विषयमा यसले नयाँ अध्याय शुरु गरेको बताउनुभयो ।
पछिल्लो खोज सौर्यमण्डल बाहिरका ग्रहहरुमा गरिएको खोजमध्ये अहिलेसम्मकै निकै महत्वपूर्ण खोज रहेको दाबी गरेका छन् । नयाँ फेला परेका ग्रहको नाम ‘केप्लर ट्वान्टी इ’ र ‘केप्लर ट्वान्टी एफ ’ राखिएको छ ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |