पुच्छ्रेताराहरु जब सूर्यको नजिक आउछन तब तापका कारण बरफ ग्यँसमा परिवर्तन हुन्छन । तसर्थ त्यहाभित्र रहेका धुलाहरु बाहिरिन्छन जुन हाम्रो सौर्यमण्डल भन्दा निक्कै पुरानो हो जसले अर्बौ वर्ष पहिले ब्रह्माण्डको अवस्था कस्तो थियो भन्ने जान्न सहयोग पुराउदछ ।
प्रायजसो पुच्छ्रेताराहरु सूर्यबाट धेरै टाढा रहेर चक्कर काट्दछन । कुन बेला ती पुच्छ्रेताराहरु सूर्यतर्फ आउँछन ?
यसमा दुइटा सम्भावनाहरू हुन्छन्:
- Halley comet (ह्यालि पुच्छ्रेतारा) जस्ता केहि सूर्यका गुरुत्वाकर्षण शक्तिका कारण पुरा नपग्लेसम्म सूर्यलाई परिक्रमा गरिरहन्छन । ह्याली कोमेन्ट एउटा यस्तो कोमेन्ट हो जुन प्रत्यक 76 वर्षमा सूर्यको नजिक आउछ । यो आउने बेलामा यसको ठूलो भाग पग्लिएर वाफ र धुलोको ठूलो पुच्छर देखिन्छ । यो सन् 1986 मा सूर्यको नजिक आएको थियो र अब सन् 2061 मा फेरि नजिक आउनेछ । सूर्यको गुरुत्वाकर्षणमा फसेका अन्य पुच्छ्रेताराहरु सूर्यको नजिक आउन कयौ वर्ष लगाउछन । जस्तै ह्याकुच्के (Hyakutake) पुच्छ्रेतारा यो प्रत्यक 110,000 वर्षमा सूर्यनजिक आइपुग्छ ।
- अन्यपुच्छ्रेताराहरू अत्याधिक गतिका कारणले गर्दा वा सूर्यको नजिकको मार्ग नभइ जाने हुनाले कहिल्यै फर्कदैनन । Swan (स्वान) त्यस्तै एउटा पुच्छ्रेतारा हो । यस्ता पुच्छ्रेताराहरु सूर्यको गुरुत्वाकर्षण क्षेत्रमा नफसि भाग्न सफल भएमा तिनीहरु अन्य ताराहरु भएको विशाल अन्तरिक्षको यात्रामा लाग्छन ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |