माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताले प्रयोग गरेका सन्देशमा नियन्त्रण गर्ने भएको छ । बढ्दो लोकप्रियतासँगै अभिव्यक्ति स्वतन्त्रका विषयमा फरक दृष्टिकोण राख्ने देशमा पनि उही सन्देश प्रयोग भईरहेकाले उपयोगकर्ताका सन्देशमा नियन्त्रण गर्न लागिएको ट्वीटरले जनाएको छ ।
ट्वीटरका अनुसार अब कुनै देशको सन्दर्भमा गलत ठानिएका म्यासेज कम्पनीले हटाउन सक्नेछ । त्यस्ता म्यासेज सम्बन्धित देश बाहेक अरु देशका प्रयोगकर्ताले भने हेर्न पाउनेछन् । ट्वीटरले शुक्रबार आफ्नो ब्लगमा लेखेको छ – आजदेखि हामी सन्देश नियन्त्रण गर्ने छौँ । उदाहरणका लागि जर्मनी तथा फ्रान्समा नाजी समर्थनमा लेखिएका सन्देशलाई रोक लगाईने छ ।’

केही देशमा भने ट्वीटरको सञ्चालन गर्न नसकिने समेत बक्तव्यमा स्पष्ट पारिएको छ । ट्वीटरको निर्णयप्रति यसका प्रयोगकर्ताले भने आपत्ति जनाएका छन् । उनीहरुले यस्तो निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन् हुने भन्दै विचार राख्न पाउने स्वतन्त्रतामा रोक नलगाउन आग्रह गरेका छन् ।
ट्वीटरका १० करोड भन्दा बढी सक्रिय प्रयोगकर्ता छन् ।
 

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top