प्राविधिक उथल–पुथलको वर्ष–२०११

सन् २०११ मा प्रविधि क्षेत्रको विश्वकै एक महान् आविष्कारको निधन भयो । साइबर–सुरक्षाका लागि कम्पनीहरूलाई अर्बौ डलर खर्च गर्नुप¥यो । यस्तै, विद्युतीय र वेब प्रवृत्तिले नयाँ औजार प्रदान गर्नुका साथै नयाँ चुनौतीहरू पनि सिर्जना ग¥यो । विश्वभर आन्दोलन चर्काउन फेसबुकजस्तो सामाजिक संजालको व्यापक प्रयोग भयो ।
यो वर्ष नै स्मार्टफोन र ट्याबलेट कम्प्युटरको अत्यधिक बिक्री विस्तार भयो । ह्यलेट–प्याकर्ड (एचपी) को मोबाइल रणनीतिको सुरुवात, मोटरोलाका लागि गुुगलको योजना, इन्टेलको थ्री–डी सिलिकन ट्रान्जिटर्स र मोबाइल भुक्तानी प्रणालीलगायतको आविष्कार पनि यहीँ वर्ष भयो । तर, कतिपय प्राविधिक घटनाक्रमहरू ठूला बजारमा प्रभाव जमाउन नसकेकाले चर्चाको विषय बन्न सकेनन् । यहाँ सन् २०११ मा प्रविधि जगत्मा घटेका सर्वाधिक ठूला घटनाक्रमहरूबारे संक्षेप्त चर्चा गरिएको छ, जसको प्रभाव सयौं वर्षसम्म पनि जीवन्त रहिरहने अपेक्षा छ ः
१. स्टिभ जब्सको मृत्यु ः एप्पल इंकलाई मध्यम–वर्गीय तहबाट विश्वकै सर्वाधिक मूल्यवान प्रविधि कम्पनीको स्थानसम्म पु¥याउने शक्तिशाली तथा सम्मानित यसका सह–संस्थापक स्टिभ जब्सको निधन भयो । लामो समयदेखि क्यान्सर रोगले पीडित रहँदै आएका जब्सले अन्ततोगत्वा गत अक्टोबर ५ तारिखका दिन यो संसार छाडे ।
उनको निधनपश्चात् विश्वभर रहेका एप्पल स्टोरहरूमा हजारौं संख्यामा सर्वसाधारणहरू उनको श्रद्धाञ्जलीमा सहभागी बनेको देख्न सकिन्थ्यो । पर्सनल कम्प्युटर उद्योगको सिर्जना गर्ने श्रेय मूलतः जब्सलाई नै जान्छ । उनकै नेतृत्वमा विश्व प्रविधि जगत्का अत्यन्त लोकप्रिय डिभाइसहरू ः आइम्याक, आइपड, आइफोन र आइप्याडको उत्पादन सम्भव भयो ।
तीव्र–गतिमा विस्तार भइरहेको प्रविधि उद्योग जब्सको निधनले केही समयका लागि भए पनि स्तब्ध बन्यो र विश्वका व्यावसायिक एवं अन्य नेतृत्वकर्ताहरूले उनको प्रभावबारे सार्वजनिक रूपमा बहस गर्न थाले ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top