फेसबुकमा १४ लाख नेपाली
“फेसबुक तपाईँलाई तपाईँको जीवनका मानिससँग जोड्न र मनका कुरा बाँड्न सहयोग गर्छ ।” यो भनाई हो लोकप्रिय समाजिक सञ्जाल फेसबुकको । उसो भए कति नेपाली फेसबुकमा मनका कुरा साटासाट गर्लान ? अनि कति नेपाली फेसबुकको सञ्जालमा जोडिएका होलान ?
गत भदौ मसान्तमा नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या १२ लाख ४४ हजार ५ सय ८० थियो । त्यतिबेला नेपाल ७० औँ स्थानमा पर्थ्यो । नेपाल दुई स्थान माथि उक्लेर ६८ औँ स्थानमा आइपुगेको सोसलबेकर्सले जनाएको छ ।
नेपालमा १८ देखि २४ वर्षसम्मका मानिसले सबैभन्दा धेरै फेसबुक चलाउँछन् । यो उमेरका ६ लाख ४३ हजार ६ शय ८९ जनाले फेसबुक चलाउँछन् जुन नेपालका कुल फेसबुक प्रयोगकर्ताको ४५ प्रतिशत हो । फेसबुक प्रयोगकर्तामा २५ देखि ३५ वर्षसम्मका २८ प्रतिशत छन् भने ३५ वर्षदेखि ४४ वर्ष उमेर समुहका ७ प्रतिशत छन् । यस्तै ४५ देखि ५४ वर्ष उमेरसमूहका २ प्रतिशत छन् भने ५५ वर्ष भन्दा माथिका पनि २ प्रतिशत नै छन् ।
यस्तै स्कुल पढ्ने उमेर समूह अर्थात १३ वर्षदेखि १७ वर्षका किशोर किशोरी पनि फेसबुक प्रयोगमा अगाडि रहेको तथ्यांकले देखाएको छ । यो उमेर समूहले फेसबुक प्रयोगकर्ताको १६ प्रतिशत ओगटेको छ । महिलाको तुलनामा फेसबुक प्रयोग गर्ने पुरुषको संख्या झण्डै २ गुणा बढी छ । फेसबुकमा पुरुष ६९ प्रतिशत तथा महिला ३१ प्रतिशत छन् ।
सबै भन्दा बढी फेसबुक चलाउने देश अमेरिका हो । अमेरिकामा १५ करोड ७४ लाख १८ हजार ९ सय २० जनाले फेसबुक चलाउँछन् । यस्तै इन्डोनेसियामा ४ करोड १७ लाख ७४ हजार ९ सय ६० तथा भारतमा ४ करोड १४ लाख २ हजार ४ सय २० जना फेसबुक प्रयोगकर्ता छन् । त्यसपछि फेसबुक प्रयोगकर्ताको संख्याका आधारमा ब्राजिल, मेक्सिको, टर्की, बेलायत, फिलिपिन्स, फ्रान्स र जर्मनी माथिल्लो सूचिमा छन् ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |