सामसुङ ग्यालेक्सी ट्याब र मेट्रो बजारमा
सामसुङका नयाँ मोडलका मोबाइल सेट नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक विक्रेता आइएमएस टेलिट्रेड प्रालिले सामसुङ ग्यालेक्सी ट्याब र सामसुङ सी ३५२० (मेट्रो) मोडलको मोबाइल सेट बजारमा ल्याएको हो ।
४ सय ५३ ग्राम तौल रहेको ट्याबमा ई–पेपर पढ्न, इन्टरनेटमा पत्रपत्रिका पढ्न र माइक्रोसफ्ट प्रोग्राम र पिडिइफ् फाइल खोल्न सकिन्छ । एन्ड्रोइड अपरेटिङ सिस्टम भएको यो ट्याबको नेपाली बजार मूल्य ५९ हजार ३ सय रुपैयाँ तोकिएको छ । बजारमा उपलब्ध ट्याबहरु मध्ये यो सबैभन्दा हलुको र स्लिम भएको कम्पनीले दावी गरेको छ ।
सामसुङले नेपाली बजारमा ल्याएको सी ३५२० (मेट्रो) हालसम्मकै स्लिम डिजाइनको मोबाइल भएको कम्पनीको दावी छ । फेसबुक, ट्वीटर, एमएसएन, याहु म्यासेन्जर र गुगल टक जस्ता सामाजिक सञ्जाल र च्याटिङ प्रोग्राम चलाउन सकिने यो मोडलको मूल्य नेपाली बजारमा ६ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ । यो खासगरी युवा र टिनएजरहरुलाई लक्षित गरि बजारमा ल्याइएको हो ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |