खुर्सानी किन पिरो हुन्छ ?
तपाइँलाई पक्कै पनि खुर्सानी पिरो हुन्छ भन्ने कुरा थाहा छ - तर यसको पछाडि के कारण छ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा नहुनसक्छ । खुर्सानीमा 'क्याप्साएसिन' नामक रसायन हुन्छ । त्यसले नै हामीलाई पिरो स्वादको अनुभूति गराउँछ । क्याप्साएसिन रसायनको मात्रा जिरे खुर्सानीमा अत्याधिक हुन्छ । त्यसैले जिरे खुर्सानी निकै पिरो हुन्छ र भेडे खुर्सानीमा यो रसायन थोरै परिमाणमा हुन्छ । त्यसैले भेडे खुर्सानी खासै पिरो हुँदैन । खुर्सानी पदार्थले र्याल ग्रन्थीलाई सक्रिय पारेर र्याल उत्पादनमा वृद्धि ल्याउँछ र त्यही र्यालले 'क्याप्साएसिन' पदार्थलाई बगाउँछ र हामी पिरो अनुभूतिबाट छुट्कारा पाउँछौं ।
You might also like:
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |