यदि आफ्नो टाइमलाइन (प्रोफइल) मा म्युजिक एप्लिकेसन एक्टिभेट गर्नुभएको छ भने आफुलाई मनपर्ने गीत सुनिरहेको कुरा ‘म फलानो गीत सुनिरहेको छु’ भनेर फेसबुकमा लेखिरहनु पर्दैन । म्युजिक एप्स आँफैले तपाईँको नेटवर्कमा भन्ने छ - ‘फलानाले यो गीत सुनिरहेको छ ।’
फेसबुकले फोटो, ट्राभल, फेशन लगायत तपाईँको जीवनसँग सम्बन्धित ससाना देखि मह्त्वपूर्ण कुरा सम्म सेयर गर्न मिल्ने गरि केही महिना भित्र नयाँ ६० ओठा एप्लिकेसन ल्याउँदै छ । प्रयोगकर्ताले आफ्नो टाइमलाइन वा प्रोफइलमा आफ्ना गतिविधि सजिलै सेयर गर्न मिल्ने गरि एप्लिकेसनको निर्माण भैरहेको फेसबुकले जनाएको छ ।
फेसबुकले आफुले सुनिरहेको गीत वा पढिरहेको लेख सेयर गर्न मिल्ने एप्लिकेसन यसअघि नै सार्वजनिक गरिसकेको छ । छिटो छिटो नयाँनयाँ एप्स्को निर्माण गरिहेको फेसबुकले अझ धेरै एप्लिकेसनको निर्माण गर्ने बताएको हो । फेसबुकले यसलाई ‘अवरोधबिहिन सेयर’ अर्थात ‘फ्रिक्सनलेस सेयरिङ’ भनेको छ । 
प्रयोगकर्ताले एकपटक एप्लिकेसनमा लगइन गरेपछि स्वतः आफुले गर्ने गतिविधि फेसबुकमार्फत आफ्नो नेटवर्कमा बाँड्न सक्छन् । प्रयोगकर्ताले कसरी बढी भन्दा बढी समय साइटमा बिताउन सक्छन् भनेर अध्ययन गर्न फेसबुकले १० अर्ब अमेरिकी डलर नै छुट्ट्याएको छ । साइटमा भिजिटरले बिताएको समयका आधारमा विज्ञापनदाताहरुले विज्ञापन दिने हुनाले फेसबुकले यो नयाँ रणनीति ल्याएको सामाजिक सञ्जालहरुको अध्ययन गर्ने वेबसाइट म्याशेवल डट कमले जनाएको छ ।
फेसबुकको एप्लिकेसन डेभलपरहरुले दर्जनौँ नयाँ नयाँ एप्लिकेसनहरु निर्माण गरिरहेको बताएका छन् । ‘हामी आगामी केही महिना भित्र यस्ता हजारौँ एप्लिकेसनहरु बनाउने छौँ’, फेसबुक एप्लिकेसनका निर्देशक कार्ल जोग्रिनले बिबिसीसँग भनेका छन्, ‘हामी हाम्रा प्रयोगकर्ताले कसरी बढीभन्दा बढी यसको उपयोग लिन सक्छन् भन्नेमा हामी निकै सचेत छौँ ।’
फेसबुकले मानिसहरुको जीवनका अत्यन्त सुक्ष्म देखि वृहतसम्मका सूचना उसको नेटवर्कभित्र बाँड्न मिल्ने गरि एप्लिकेसनहरुको निर्माण गर्ने जनाएको छ । मानिसहरुको गोपनीयताका बारेमा आफु निकै सचेत भएको पनि फेसबुकको दावी छ । एप्लिकेसन एक्टिभेट गरेपछि आफ्ना गतिविधिहरु कसलाई देखाउने वा कसलाई नदेखाउने भन्ने कुरा प्रयोगकर्ता आफैले प्राइभेसी सेटिङमार्फत निर्धारण गर्न सक्छन् । - एजेन्सीको सहयोगमा
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |