बढ्दै छ गुगल प्लसको लोकप्रियता
पुष १४ – आफ्नो प्रतिद्वन्दी गुगल प्लसको बढ्दो लोकप्रियता फेसबुकको लागि टाउको दुखाईको विषय बनेको छ । सामाजिक सञ्जाल गुगल प्लसले फेसबुकलाई चुनौति दिँदै सेवा सुरु गरेको ६ महिनामै प्रयोगकर्ताको संख्या ६ करोड पुर्याएको छ ।
सन् २००४ को फेब्रुवरीमा सुरु भएको फेसबुकमा हालसम्म ८० करोड प्रयोगकर्ता छन् । स्थापना भएको छोटो समयमा नै गुगल प्लसले गरेको प्रगतिका आधारमा केही वर्ष भित्रै यसले फेसबुकलाई पछाडी पार्न सक्ने म्यासेबलले बताएको छ ।
गुगल प्लसमा एकाउन्ट बनाउन १८ वर्ष पुग्नुपर्छ भने फेसबुकले १३ वर्ष पुगेका सबैलाई आफ्नो नेटवर्कमा जोडिन दिने गरेको छ । एकातिर गुगल प्लस फेसबुकलाई उछिन्ने उद्देश्यमा लागेको छ भने अर्कोतिर फेसबुक पनि आफ्ना प्रयोगकर्तालाई समयसमयमा नयाँ नयाँ फिचर पस्केर चुप नबसेको संकेत दिइरहेको छ ।
कतिपय सामाजिक सञ्जालका अनुसन्धानकर्ताहरुले हालसालै फेसबुकले ल्याएको टाइमलाइनलाई पनि गुगल प्लससँगको प्रतिस्पर्धाको रुपमा हेर्ने गरेका छन् ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |