रोकियो ‘स्टप अनलाइन पाइरेसी एक्ट’
अमेरिकी संसदले प्रस्ताव गरेको ‘स्टप अनलाइन पाइरेसी एक्ट’ अर्थात अनलाइनमा हुने चोरी नियन्त्रण ऐनमाथिको मतदान तत्कालका लागि रोकिएको छ । प्रस्तावको सर्वत्र विरोध भएपछि संसदको कानूनी मामिला समितिले प्रस्ताव तत्कालका लागि रोक्ने निर्णय गरेको हो ।
विश्वभरका ७० लाख भन्दा बढी ईन्टरनेट प्रयोगकर्ताले ऐन पारित भए वेब सन्चालनमा सेन्सरसिप लागू हुने र व्यवसायमा थप भार पर्र्र्ने भन्दै तत्काल रोक्न
माग गर्दै गुगलमार्फत हस्ताक्षर गरेका थिए ।
अमेरिकाको तल्लो सदनमा दर्ता भएको स्टप अलाइन पाइरेसी एक्ट (सोपा) र प्रोटेक्ट इन्टेलेक्चुअल प्रपर्टी एक्ट (पिपा) को इन्टरनेट मार्फत व्यपक बिरोध भएको थियो । - एजेन्सीको सहयोगमा
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |