
जब शरीरमा शिथिल बनाइएका किटाणुहरु प्रवेश गराइन्छ, शरीरमा रहेका बि–सेलहरु ( एक प्रकारको सेतो रक्तकोष) क्रियाशील हुन्छन । बि–सेलहरु क्रियाशील हुँदा शरीरमा एन्टिबडीहरुले रोग लगाउने ब्याक्टेरिया वा भाइरसहरु विरुद्ध प्रतिरोध गर्छ । त्यसैले धेरै प्रकारका खोपहरु एकपटक दिइसकेपछि त्यसले जीवनभरिको लागि काम गर्छ । तर कुनैकुनै खोपहरुले जीवनभरिको लागि काम गर्दैन । उदाहरणको लागि टिटानसको खोपले खास समयसीमाको लागि मात्र काम गर्छ । यस्तो अवस्थामा यस्ता खोपहरु निश्चित समय अन्तरालमा दिइनुपर्ने हुन्छ ।
मानिस जन्मँदा उसँग निश्चित रोगहरुसँग मात्र लड्ने प्रतिरोधात्मक क्षमता हुन्छ । यो प्रतिरोधात्मक क्षमताको कारक उसको शरीरमा आमामार्फत प्राप्त हुने एन्टिबडीहरु हुन । तर, यी एन्टिबडीहरुले शिशुलाई एक वर्षसम्म मात्र सुरक्षा दिन सक्छन । त्यस्तै, अन्य धेरै रोगहरुविरुद्ध प्रतिरोध गर्ने एन्टिबडीहरु शिशुमा आमामार्फत प्राप्त हुदैनन् । त्यसैले भविश्यमा लाग्न सक्ने रोगहरु विरुद्ध लड्न शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई तयार राख्नको लागि शिशुलाई खोप दिइन्छ ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |