हाम्रो सौर्यमण्डल बाहिर दूरस्थ ब्रम्हाण्डमा खगोलशास्त्रीहरूले हीराले बनेको प्रतित हुने एक नयाँ ग्रह खोजेका छन् ।हालै खोजिएको यो ग्रह अहिलेसम्म पत्ता लगाईएका अन्य ग्रहहरू भन्दा धेरै सघन र ठुलो मात्रामा कार्वन रहेको छ ।अधिक सघन भएको कारण यस ग्रहको कार्वन क्रिस्टल अबस्थामा पुगेर हीराको स्वरूपमा रहेको बिश्लेषण खगोलशास्त्रीको छ ।
पृथ्वीबाट ४,००० प्रकाश बर्ष टाढा मिल्क वे आकाशगंगामै रहेको यस ग्रहको निर्माण एक बिशालकाय ताराको अबशेषबाट भएको अनुमान गरिएको छ ।आफुले परिक्रमा गर्ने पल्सर ताराको कारण विशाल ताराले आफ्नो बाह्य आवरण गुमाउन पुग्दा ग्रहको निर्माण भएको भनाई खगोलशास्त्रीको छ ।
पल्सर तारा भनेका मृत न्यूट्रोन तारा हुन् ।यीनको ब्यास करिब १२० किलोमिटर हुन्छ तर एक सेकेन्डमा सैयौं पटक घुम्ने भएकाले पल्सरबाट बिकिरणपूञ्ज निस्किरहन्छ । जे-१७१९-१४३८ नामक पल्सरबाट निस्किने बिकिरण नियमित रूपमा पृथ्वीमा आईपुग्ने गर्छ ।अस्ट्रेलिया,ब्रिटेन र अमेरिकाको हवाई उडानमा जडित टेलिस्कोपद्वारा बिकिरणपूञ्जको अनुगमन गरिन्छ । यसैकारण खगोलशास्त्रीहरू गुरुत्वआकर्षण बलको कारण बिकिरणपूञ्जमा पर्ने प्रभावको गणना गरी अदृश्य ग्रहको उपस्थिति पत्ता लगाउन सफल भए ।
खगोलशास्त्रीको गणना अनुसार ग्रहले प्रत्येक दुई घण्टा दश मिनेटमा आफ्नो ग्रहको परिक्रमा गरिरहेको छ । बृहस्पति ग्रहको तुलनामा यसको द्रव्यमान अलि बढी छ तर यो २०गुणा अधिक सघन छ ।
Subscribe to:
Post Comments (Atom)
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |