प्रयोगकर्ताको गोपनियता भङ गरेको आरोपमा गुगलले
यो जरिवाना तिर्नु परेको हो । तर एसोसिएट
प्रेसका अनुसार यो निर्णयका बारेमा फेडेरल ट्रेड
कमिसन (एफटिसी)ले सहमति जनाउन अझै बाँकी छ ।
कमिसन अमेरिकामा अनलाइन
गोपनियताका बारेमा काम गर्ने एक मात्र
संस्था हो ।
यदी एफटिसीले मानेमा यो रकम कुनै पनि एकल
कम्पनीमाथि लगाइएको सबभन्दा ठुलो जरिवाना रकम
हुने छ ।
तर यसले गुगललाई ठुलो असर पार्ने छैन । गुगलसँग अझै
४९ अरब डलर बचत रहेको छ भने यो वर्षमा गुगलले
४६ अरब डलर कमाउने लक्ष्य बोकेको छ । गुगलले
आफ्नो ४ घण्टाको कमाइले नै यो जरिवाना तिर्न
सक्ने क्षमता राख्छ ।
तर नराम्रो नबन भन्ने नाराका साथ
अघि बढी रहेको गुगलको इज्जतमा भने यो निर्णयले
हानी गर्न सक्छ ।
इन्टरनेटको दुनियाँमा आफ्नो राम्रो स्थान
बनाइसकेको गुगलले कतै यो स्थानको दुरुपयोग त
गरिरहेको छैन भन्ने आशंका गर्न सक्ने ठाँउ यसले
दिएको छ ।
गुगलले मुद्दा सुल्झाउनको लागि यो प्रस्ताव
अघि सारेको हो । प्रस्तावमा गुगलले आफुले गलत
गरेको स्वीकार गरेको छैन । बरु उसले भनेको छ “गुगल
आफ्ना प्रयोगकर्ताको गोपनियता कायम गर्ने
कुरामा बढी सचेत छ ।”
द वाल स्ट्रीट जर्नलमा पहिलो पटक आएको यस
प्रस्तावको बारेमा एफटिसीले कुनै
प्रतिक्रिया देखाएको छैन ।
एफटिसीले ५ महिना अगाडी गुगलविरुद्ध
कारवाही अगाडी बढाएको थियो । स्टानफोर्ड
युनिभर्सिटीका एक अनुसन्धानकर्ताले गुगलले
प्रयोकताको गोप्य सुचना लिने गरेको सार्वजनिक
गरेपछि अनुसन्धान सुरु भएको हो ।
कम्प्युटर कोडको एक तत्व कुकीज मार्फत गुगलले
यो काम गरेको थियो । कुकिज मार्फत
विज्ञापनकर्तालाई प्रयोगकर्ताले चलाउने कुरा हेरेर
त्यस अनुरुप विज्ञापन दिन मदत गर्छ । अनुसन्धान सुरु
हुने बित्तिकै गुगलले सफारी ब्राउजर चलाउन
छाडेको छ ।
- एजेन्सीको सहयोगमा
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |