इन्टरनेट कम्पनी याहुले आफ्नो प्राविधिक प्रणालीमा ह्याकरहरुले आक्रमण गरेसँगै झण्डै ४ लाख प्रयोगकर्ताका इमेलको पासवर्ड लगायतका सूचना चुहिन सक्ने खतरा बढेको पुष्टि गर्दै यसरी प्रणालीमा आएको खराबीको अनुसन्धान गरिरहेको जनाएको छ ।

अमेरिकी सेक्युरिटी कम्पनी ट्रस्टेडेस्कले याहु भ्वाइस सँग सम्बन्धित सर्भरमार्फत
ह्याकरहरुले प्रयोगकर्ताको इमेलमा आक्रमण गरेका बताएको छ । चर्चित ह्याकर ग्रुप डी ३३ डी एस को पछिल्लो ह्याकिङमा हात
रहेको बताइएको छ ।

प्रयोगकर्ताहरुको इमेलमा ह्याकरहरुले पासवर्ड परिवर्तन गर्न आग्रह गर्दै इमेल पठाइरहेका छन् । यसरी प्रयोगकर्ताहरुले याहुको आधिकारिक सूचना झैँ मानेर पासवर्ड परिवर्तन
गर्दा त्यो पासवर्डको जानकारी ह्याकरले लिने र त्यसपछि प्रयोगकर्ताको इमेल ह्याक हुने बताइएको छ ।

ह्याकरहरुले प्रयोगकर्ताको इमेलबाट उच्च प्रविधिको सहायताले विभिन्न संवेदनशील सूचना तथा तथ्यांकहरु चोर्ने गरेका छन्।

यसैबीच सोसल नेटवर्किङ साइट फर्मस्प्रिङले ह्याकरहरुको आक्रमणपछि आफ्ना झण्डै ३ करोड पासवर्ड परिवर्तत गरेको छ । साथै उसले प्रयोगकर्ताहरुले आफ्नो पासवर्ड रिसेट गर्न
आग्रह गरेको छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top