प्लाष्टिकबाट तेल निकाल्ने कैयौँ प्रयासहरू
बिगतमा भएका छन् तर यसमा धेरै सफलता मिल्न
सकेको छैन। अमेरिकाको न्युयोर्कमा रहेको एक
कम्पनीले भने हालै प्लाष्टिकबाट तेल निकाल्ने
प्रविधीको बिकास गरेको छ। जे.बि.एल.
कम्पनीका जोन बर्डेनुईकले बनाएको मेसिनले
प्लाष्टिकलाई पुनःप्रशोधित गरी उत्पादन
गरेको तेल बजारमा पाइने तेल जत्तिकै मुल्य पर्ने
भएकोले ईन्धनको बिकल्प खोज्ने यो प्रयासलाई
निकै महत्वपुर्ण उपलब्धीको रुपमा हेरीएको छ ।
Enviromental Protection
Agencyका अनुसार अमेरिकामा लगभग सात
प्रतिशत रद्दि प्लाष्टिकलाई पुनः प्रशोधित
गरिन्छ । जोनले बनाएको मेशिनले
बनाएको तेलको तुलनामा अन्य
चलनचल्तिका मेशिनले प्लाष्टिकबाट
बनाएको तेल महंगो पर्छ ।
Plastics Eater Monster नाम
दिइएको जोनको उक्त मेशिनले
बनाएको तेलको गुणस्तर पनि बजारमा पाईने तेल
सरह नै पाइएको छ । यस मेशिनले प्रशोधन योग्य
सबै प्रकारका प्लाष्टिकहरु
पगालेपछि प्लाष्टिकमा रहेको हाइड्रोजन
श्रंखलालाई पुनः व्यबस्थित गरी त्यसलाई
नम्बर छ मा रुपान्तर गर्छ ।
प्लाष्टिकका झोला,बट्टा,सिसी आदिलाई
पुनः प्रशोधित गर्न मिल्छ ।
जोनको कम्पनीलाई प्लाष्टिकबाट इन्धन
उत्पादन गर्दा प्रति ब्यारेल दश डलर पर्छ र
उसले प्रति ब्यारेल लगभग सय डलरमा सो ईन्धन
बजारमा बिक्री गर्ने गरेको छ ।
बर्षौदेखीको कैयौँ कम्पनीले प्लाष्टिकबाट उच्च
गुणस्तरिय ईन्धन उत्पादन गर्ने
सपना नदेखेका भने होइनन् तर
ती कम्पनीद्वारा उत्पादित ईन्धन भने
फोहोर,कम गुणस्तरको र महँङ्गो भएकाले
बजारमा उचित स्थान पाउन सकिरहेको छैन ।
साथै त्यस्तो ईन्धन गाडीलगाएत अन्य
मेशिनमा उपयोग योग्य थिएन ।
BY : एड्मिन आर्डनिकेट
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |