वैज्ञानिकहरुले यस्तो टिसर्टको आविष्कार गरेका छन् जसले विद्युतिय उर्जा संचित गर्नसक्छ । यसरी विद्युत उर्जा संचित गर्न सक्ने टिसर्टको माध्यमबाट मोबाइल फोनका साथै अन्य ग्याजेटहरुको समेत ब्याट्री चार्ज गर्न सकिने बताइएको छ।

अमेरिकाको साउथ क्यारोलिनाका वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका हुन् । उनीहरुले अब छिटै नै टिसर्टबाट चार्ज हुने ल्यापटप तथा स्मार्टफोन
बजारमा आउने समेत बताएका छन् । अनुसन्धानको क्रममा प्राध्यापक जियाओडोङ ली र शोधकर्ता लिहोंग
बाओले बजारबाट किनिएको एउटा टिसर्टलाई
फ्लोराइडको घोलमा चोपेर सुकाइ अक्सिजन नभएको ओभनमा निकै उच्च
तापक्रममा पोलेका थिए । त्यस्तो उच्च तापक्रममा उक्त टिसर्टको धागोको रेसामा रहेको सेलुलोज
भन्ने पदार्थका कार्वन अणुहरु एक्टिभेटेड
अर्थात् रासायनिक रुपमा सक्रिय बने । यसरी कार्वन अणुहरु एक्टिभेटेड भएको उक्त टिसर्टका रेसाहरुले
इलेक्ट्रोडको काम गर्ने र समग्र टिसर्टले विद्युत चार्ज संचित गर्ने क्यापासिटरको काम गर्ने अनुसन्धानकर्ताहरुले प्रमाणित गरे ।

यसरी यस्तो टिसर्टको रेसालाई म्यांगानिज अक्साइडको लेपन
लगाएमा त्यसको चार्ज
संचिति क्षमता उच्च हुने र उक्त टिसर्ट उच्च क्षमताको क्यापासिटर बन्ने उनीहरुको भनाइ छ । यसरी टिसर्टबाट
बन्ने क्यापासिटरलाई उनीहरुले सुपर क्यापासिटरको नाम दिएका छन् । यसरी टिसर्टको रुपमा रहेको सुपर क्यापासिटरबाट निश्चित
डिभाइसको प्रयोग गरी मोबाइल लगायतका ग्याजेटको ब्याट्र चार्ज
गर्न सकिने उनीहरुको ठम्याइ छ । ‘हामीले रेसादार कपडा लगाउँछौँ । कुनै दिन हामीले लगाउने कटनको टिसर्ट केबल
सरीर छोप्ने कामका लागि मात्र उपयोग हुनेछैन, यो उर्जा संचित गर्ने यन्त्र बन्नेछ
जसले तपाइँको सेल फोन र आइप्याड चार्ज गर्नेछ’, अनुसन्धानकर्ता ली को भनाइ छ ।

1 प्रतिक्रिया:

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top