पछिल्लोपटक गरिएको एक अध्ययनले किशोरकिशोरीहरुका लागि यौन दिन गुगल तथा विभिन्न ब्लगहरु सबैभन्दा उपयुक्त माध्यम बन्ने गरेका देखाएको छ ।किशोरकिशोरीहरुले आफ्ना अभिभावक तथा विद्यालयका शिक्षकशिक्षिकाहरुमा यौन
सम्बन्धि शिक्षाको कमी रहेकाले आफुले पूर्ण यौन
शिक्षा लिनका लागि साइबरमा जान चाहने बताएका छन् ।

सर्वेक्षणका क्रममा २५ वर्ष भन्दा कम उमेरका युवायुवती तथा किशोरकिशोरीहरुलाई
सामेल गराइएको थियो । त्यस क्रममा एक चौथाइले
विद्यालयका पाठ्यक्रममा यौन तथा प्रजनन सम्बन्धि शिक्षा पर्याप्त नभएको बताएका छन् । त्यस्तै ५० प्रतिशत भन्दा बढिले आफुहरुले इन्टरनेट साइट मार्फत यौन सम्बन्धि जानकारी लिने गरेको बताए भने केहीले विभिन्न इन्टरनेट सामाजिक
संजाल तथा फोरमहरुमार्फत
यस्तो जानकारी लिने गरेको जवाफ दिए । त्यस्तै ३६ प्रतिशतले साथी तथा सहकर्मीहरुसँग छलफल गरेर यौन सम्बन्धि विभिन्न जानकारी लिने गरेको बताएका छन् ।

अस्ट्रेलियामा गरिएको अध्ययनले ५० प्रतिशत किशोरकिशोरीहरु १६
वर्षको उमेरमै सेक्सको मामिलामा सक्रिय बनिसकेका हुन्छन् । औषतमा ११ वर्षको उमेरदेखि उनीहरुले अश्लील चित्र तथा भिडियो हेर्न सुरु गर्दछन् । अध्ययनकर्ताहरुले इन्टरनेटको बढ्दो प्रयोगले
किशोरकिशोरीहरुमा यौनिक विचलन तथा कुलत बढ्ने खतरा बढेको भएपनि उनीहरुलाई प्रभावकारी यौन शिक्षा प्रदान गर्न
अहिलेको सूचना प्रविधिको युगमा इन्टरनेट नै सबैभन्दा कामयावी माध्यम रहेको बताउँछन् ।

यौन शिक्षा सम्बन्धि विभिन्न ब्लगहरु तथा सर्च इन्जिन गुगलमार्फत सजिलैसँग यौन तथा प्रजनन सम्बन्धि चाहिएका कुराहरु खोज्न सकिने
भएकाले पनि ब्लग र गुगल
यौनशिक्षा प्रदान गर्ने
गुरुको रुपमा स्थापित भएको जिकिर उनीहरुको छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top