पाएको नीमद्वारा कयौँ रोगको उपचार हुने विश्वास गरिन्छ । गाउँतिर नीमको डाँठले दाँत माझ्ने र लुतो खटिरा निको पार्न पातको रस हालेको पानीले नुहाउने प्रचलन छ ।
अहिले आएर अमेरिकाको न्युजर्सीमा रहेको किन विश्वविद्यालयमा सह-प्राध्यापक सोनिया अरोराले एड्स गराउने भाइरस एचआईभीविरुद्ध लड्ने गुण नीममा भएको खुलासा गरेकी छन् ।
सान डियागोमा गत अप्रिल २२ मा भएको एक्सपेरिमेन्टल बायोलोजी बैठकमा अरोराले आफ्नो खोजबारे अवगत गराइन् । उनले प्रस्तुत गरेको प्रारम्भिक नतिजा अनुसार एचआईभीलाई आफ्नो प्रतिरूप बनाउन आवश्यक पर्ने प्रोटिनलाई लक्षित गर्ने यौगिक नीममा हुन्छ । थप अनुसन्धानबाट अरोराको खोज पुष्टि भएमा एचआईभी/ एड्सको उपचारका लागि औषधि बनाउनेको हातमा नयाँ उपाय लाग्ने छ ।
नीमको पात, बोक्रा, हाँगा, फललाई ब्याक्टेरिया,भाइरसलगायतका रोगाणुविरुद्धमा परम्परागत रूपमा प्रयोग गरिँदै आएको छ । औलो रोग नियन्त्रणका लागि समेत नीमको उपयोग
गरिन्छ । क्यान्सर,फर्माकोलोजी,बायोइन्फर्मेटिक र स्ट्रक्चरल बायोलजीमा विशेषज्ञता हासिल गरेकी अरोराले आफ्नो ज्ञानलाई नीमको अनुसन्धानमा लगाएर एचआईभीको उपचार खोज्ने कोसिस गरेकी हुन् ।
नाइजेरिया र भारतमा एचआईभी/एड्सका रोगीलाई नीमबाट तयार पारिएको अवयव खुवाइँदा रगतमा एचआईभीको मात्रा घटेको भनी दुई अध्ययनपत्रमा उल्लेख गरिएको पाएपछि अरोरा अचम्भित भएकी थिइन् । त्यसपछि उनले भाइरससँग लड्ने नीममा भएको त्यस तत्वलाई खोज्ने निधो गरिन् ।
अनुसन्धानको क्रममा अरोराको टोलीले नीमका विभिन्न प्रकारमा २० वटा यौगिक फेला पार्यो । एचआईभीको जीवनचक्रका लागि निकै महत्वपूर्ण प्रोटिनबिरुद्ध ती यौगिकलाई प्रयोग गर्दा अरोराको टोलीले नीमका अधिकांश यौगिकले एचआईभी प्रोटिजमा आक्रमण गर्ने पत्ता लगायो ।
एचआईभीलाई आफ्नो प्रतिरूप तयार पार्न यस प्रोटिजको खाँचो पर्दछ ।
अहिलेसम्म अरोराको परीक्षण कम्प्युटर मोडेलमा मात्र भएको छ । उनको टोली अब टेस्ट ट्युबमा वास्तविक परीक्षण गर्ने
तयारी गरिरहेको छ ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |