ट्वाइलेट पेपर अर्थात शौचालयमा प्रयोगका लागि बनाइने कागजले बाघको विनासमा भूमिका खेलिरहेको भनाइ पत्यार नलाग्न सक्छ । जाबो ट्वाइलेट पेपरले शक्तिशाली बाघलाई कसरी नोक्सान पुर्याउला र ? प्रश्न पक्कै उठ्छ । वल्र्ड वाइल्डलाइफ फन्ड -डब्ल्यूडब्ल्यूएफ)द्वारा भएको अनुसन्धानले कागज बनाउन जङ्गलको व्यापक प्रयोग भैरहेका कारण इन्डोनेसियामा बाघको ठूलो बसोबास क्षेत्रविनास भएको खुलाएको छ ।


सन् १९८५ देखि इन्डोनेसियाको सुमात्राको आधा तथा अन्य क्षेत्रमा एसिया पल्प एन्ड पेपर -एपीपी)समूहका कारणले वषर्ा वन विनास भएको छ ।वषर्ा वनलाई बाघको प्राकृतिक बासस्थान
मानिएको छ । डब्ल्यूडब्ल्यूएफले वषर्ा वन जोगाउन एपीपीको उत्पादन बहिष्कार
गर्नसमेत इन्डोनेसियामा अभियान सुरू
गरिसकेको छ । विश्व वन्यजन्तु कोष अर्थात्
डब्ल्यूडब्ल्यूएफले बाघ,
हात्तीलगायतका वन्यजन्तुको संरक्षणमा कार्य
गर्दै आएको छ ।
एक शताब्दी पहिले विश्वमा एक
लाखभन्दा बढी बाघ थिए तर चोरी शिकारले
गर्दा तथा प्राकृतिक बासस्थान घटेका कारण
अचेल लगभग तीन हजार मात्र बाघ रहेका छन् ।
अमेरिकामा समेत
डब्ल्यूडब्ल्यूएफको सक्रियतापछि कयौँ किराना पसलमा एपीपीको उत्पादन
राखिन बन्द भएको छ ।
व्ार्षे वनको विनासले बाघको सङ्ख्या मात्र
घटाएको छैन,
वायुमण्डलको कार्बनडाइअक्साइड अवशोषित
गरी अक्सिजन बनाउने एक प्रमुख स्रोत
पनि कम भएको छ । विशेषगरी कागज
बनाउनमा प्रयोग भैरहेको वनलाई अहिलेसम्म खुल्ला रूपमा बहसको विषय बनाइएको पाइँदैन । पत्रिका छाप्ने एक टन कागज बनाउन ४० फिट अग्ला करिब १२ देखि २४ रूख आवश्यक पर्छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top