गर्भाधानका लागि सङ्घर्ष गरिहेको दम्पतीले प्रजनन् सफल नहुनुको कारण पत्ता लगाउन धेरै समय व्यतित गर्नु पर्छ र यो निराशाजनक
पनि हुन्छ । यस समस्यालाई महिलामाथि थोपर्ने गरिएको पनि पाइन्छ तर अनुसन्धानले प्रजनन् नहुनुमा महिलाको दोष एक तिहाई,पुरुषको दोष पनि त्यतिकै हुने र एक तिहाई दोष संयुक्त हुने स्पष्ट पारिसकेका छन् ।
हालैका केही अनुसन्धानले सेलिक रोगलाई पनि प्रजनन् समस्यासँग जोडेका छन् । सेलिक रोगको सम्बन्ध पेटसँग छ । सेलिक रोगले सानो आन्द्रामा असर पार्दछ । गहुँ पचाउन नसक्ने कारणले सानो आन्द्रामा क्षति पुग्छ । सानो आन्द्राको भित्री सतहले खानाको पोषक तत्व अवशोषित गर्छ तर त्यसमा क्षति पुगेमा कयौँ प्रकारका समस्या आइपर्छ। आन्द्रामा घाउ हुने, कुपोषण तथा अन्य गम्भीर विकारको खतरा रहन्छ ।
सेलिक रोगले प्रजनन् क्षमता पनि ह्रास गर्छ भन्दा पत्याउन गाह्रो हुन्छ तर केही अनुसन्धानले यस पक्षलाई औँल्याएका छन् । विगत दस वर्षमा विश्वको विभिन्न क्षेत्रमा भएको अनुसन्धानले सेलिक रोग र
प्रजनन् क्षमता ह्रासबीच सम्बन्ध स्थापित गर्ने प्रयास गरेको छ । अमेरिकाको फिलाडेल्फियामा चिकित्सकले सेलिक रोग भएका महिलामा अकस्मात
गर्भपतन हुने खतरा चार
गुणा बढी पाएका थिए । फिनल्यान्डमा सेलिक रोग भएका ४.१ प्रतिशत महिला गर्भधारण गर्न असफल भएको पाइएको थियो । तथापि सेलिक रोग र प्रजनन क्षमता ह्रासबीचको यथार्थ सम्बन्ध खुलेको छैन तर सेलिक रोगले प्रजनन् चक्र छोटो पार्ने र चाँडै रजोनिवृत्ति गराउने अनुमान गरिन्छ ।
इटालीमा गरिएको अनुसन्धानले पनि सेलिक
रोग भएका महिलामा तुलनात्मकरूपमा प्रजनन क्षमता ह्रास हुने पाइएको थियो । यस रोगले गर्दा नवजात शिशुको तौल कम हुने,गर्भपतनको खतरा बढ्ने र स्तनपान अवधिसमेत घट्ने इटालीको अनुसन्धानले देखाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |