Blog Quote Bubble
धेरै पैसा कमाउने रहर कसलाई हुँदैन? व्यक्तिगत एवम पारिवारीक खर्च धान्न, सामाजिक गतिविधी एवम् हितका लागि जानकारी राख्नु व्यवस्थित तुल्याउनु हरेक व्यक्तिका कर्तव्य र उत्तरदायित्वहरु हुन्, यो सबैलाई थाहा भएकै कुरा हो तर यसो भन्दैमा सबैले यी क्षेत्रमा दक्षता हासील गरेका हुन्छन् अनि त्यसमा सफल हुन्छन् भन्न सकिन्न । तर तिनलाई टार्ने या सहयोग पु¥याउने सही माध्यम पत्ता लगाउन सके अनि धैर्यताका साथ मेहनत गरे अवस्य पनि सफलता प्राप्त हुन्छ भन्ने मेरा व्यक्तिगत अनुभव तथा मान्यता रहेको छ ।


यहाँ प्रस्तुत गर्न खोजिएको कुरा के हो भने नेपाली परिवेशमा बढिरहेको बेरोजगारी समस्या हल गर्नमा अनलाइन ब्लगिङ्गबाट केही हदसम्म सहयोग मिल्न सक्छ भन्ने हो । ब्लगिङ्ग वास्तवमै पैसा कमाउने एउटा भरपर्दो माध्यम बन्दै गइरहेको छ ।

त्यसो भए ब्लग के हो त ?

वास्तबमा कागजी पानामा लेखिने दैनिकी डायरीको को अनलाइन स्वरुप नै ब्लग हो, जसमा आफू आफ्ना समाज राष्ट्रका गतिविधीहरु एवम विचार भावना इत्यादि कुराहरु व्यक्त गरिन्छ । जुन विश्वका विभिन्न ठाउँबाट इन्टरनेट माध्यममा देखिन्छ, जहाँ विश्वका हरेक ठाउँबाट सल्लाह सुझाव एवम् प्रतिक्रयाहरु बाड्न सकिन्छ । त्यसैले वेव माध्यममा लेखिने डायरी भएकोले यसलाई वेबब्लग भनियो जसको छोटकरी नाम ब्लग ९द्ययिन० हो ।

हरेक कुरा परिर्वतनशील छ, समयको चक्रमा हरेक कुरा परिवर्तन हुँदै नयाँ रुप तथा स्वरुपमा परिणत हुँदै जान्छन् यो सबैलाई थाहा भएको कुरा हो । त्यस्तै यो नियम इन्टरनेट जगतमा पनि लागू भयो । शुरुमा व्यस्त पश्चिमी मुलुकहरुमा बढ्दो अत्याधुनिक इन्टरनेट प्रविधी र फस्टाउदो अनलाइन व्यापारका कारण व्यापार व्यावसायको प्रचार प्रसारका लागि विभिन्न वेवसाइट तथा ब्लगहरु सिर्जना हुदै गए र विभिन्न अनलाइन विज्ञापन एजेन्सी तथा अनलाइन रोजगारी दिलाउने संस्थाहरु स्थापना हुँदै गए । तर पछि यी सबै कुराहरुलाई व्यवस्थित गर्दै गुगल अग्रणी स्थानमा उभिन सफल भयो जुन आज पनि कायमै छ ।

अनलाइन विज्ञापन तथा सर्च इन्जिनका रुपमा प्रस्तुत गुगलले आफ्ना सेवा सुविधाहरु प्रस्तुत गर्दै जाने क्रममा विभिन्न कार्यक्रमहरु ल्यायो जसले सबैको मन जित्दै गयो र अरुलाई पनि कमाउने आफू पनि कमाउने नीति अनुसार अगाडि बढ्दै गयो । जुन कुरा हामी ब्लगर.कम ,  जिमेल तथा भिडियो साइट यु-ट्युब बाट गर्न सक्छौ ।यसबाहेक अन्य धेरै स्रोतहरु छन् जसलाई हामी पछिल्ला अंकहरुमा चर्चा गर्दै जानेछौं ।

हाल आएर ब्लग अझै व्यापक रुपमा छाएको छ । पश्चिमी मुलुकमा मात्र सीमित नरहेर विश्वभरी नै फैलिएको छ भने नेपालमा पनि दिन प्रति दिन विस्तार हुँदै गइरहेको छ । किनकी यो व्यक्तिगत एवम् व्यासायिक दुवै आम्दानीको राम्रो स्रोत बनेको छ । पार्टटाइम वा फुलटाइम ब्लगिङ्ग गरेर आफू तथा पारिवारिक खर्च धान्न समेत राम्ररी आम्दानी गर्न सकिन्छ, तर यसको लागि मेहनत र धैर्यता भने अवश्य चाहिन्छ ।

मेरो व्यत्तीगत कुरा गर्दा हाल म इजरायलमा केयरगिभरको रुपमा काम गर्छु र केयरगिभरको कामबाहेक खाली समयमा पार्टटाइममा ब्लगिङ्ग गरेर महिनामा औषतमा छ सय डलर यूएसडी कमाउँछु । मैले यसरी कमाइ गर्ने ब्लग ठेगानाः http://www.basnetg.com , http://www.cnetblog.com हो । फुलटाइम गर्ने हो भने अवश्य राम्रो आयआर्जन गर्ने कुरामा दुइमत छैन ।

शुरुमा त यसबाट नै तीसहजार डलर, पचासहजार डलर कमाउँछन भन्ने सुन्दा मलाई पनि विश्वास लागेको थिएन । यो त गुगलले ठगी गरेको होला भन्ने लाग्थ्यो । अनि एकपटक प्रयास गरौं न त भनेर प्रयास गर्दै गए शुरुको महिनामा तीनसय उनान्सत्तरी डलर जम्मा भयो । मैले रिलिज गरको केही हप्ता पछि आयरलैण्डबाट ठूलो खाममा चेक आयो अनि बैंकमा जम्मा गरे अनि मात्र विश्वास भयो । मेरो विचारमा नेपालको सन्दर्भमा ब्लगिङ्गले स्वरोजगार सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ । अनि त्यो थाल्नु भन्दा अगाडि केही जानकारी लिन आवश्यक ठान्दछु त्यसैले यस अंकमा जानकारीहरु मात्रै दिने प्रयास गरिएको छ ।अब त्यो कुरा जहाँबाट म आम्दानी गरिरहेको छु त्यसको बारेमा थोरै जानकारी लिइ राखौं ।

गुगल एडसेन्स (Google Adsense) के हो?

गुगल वेबमास्टर्सको विज्ञापन कार्यक्रम अन्तरगत एड्वार्ड भनिने कार्यक्रमको संयुक्त रुप नै एडसेन्स हो । भन्नाले एडवर्ड विज्ञापन नीति अन्तर्गत विज्ञापनदाताहरुले दिएको विज्ञापनलाई प्रचारप्रसारको क्रममा विभिन्न इन्टरनेट माध्यमहरुबाट जनमानसमा पु¥याउने माध्यम हो । जसले वेवसाइट तथा ब्लग धनीहरुलाई एडवार्डबाट संकलित विज्ञापनहरु आफ्ना साइट तथा ब्लगहरुमा राख्ने अनुमति दिने कार्य गर्दछ ।

हामी कसरी आम्दानी गर्छौं त ?

साराशंमा भन्नुपर्दा गुगल डट कममा विज्ञापनदाताहरुले आफ्नो विज्ञापन विस्तार गर्न केही रकमहरु तिरिरहेका हुन्छन्, अनि जब हरेक पटक जुन विज्ञापनमा क्लिक गरिन्छ त्यतिबेला गुगलले त्यो विज्ञापनका लागि विज्ञापनदाताहरुले तिरेको पुर्वनिर्धारित रकमबाट केही प्रतिशत अंश छुट्याएर तिर्ने गर्दछ, पछि त्यो नै हाम्रो आम्दानी हुन्छ । ती एडवार्डहरु कस्ता हुन्छन भन्ने जानकारी लिनका लागि कुनै पनि बेला गुगल डट कममा कुनै पनि कुरा खोजी गरेर रिजल्ट पेजको दाहिने पटिको साइटमा हेर्न सक्नु हुन्छ । उदाहरणका लागि मैले यहाँ खोजी गरेको कुरालाई चित्रमा प्रस्तुत गरेको छ ।

त्यसैगरी एडसेन्स कार्यक्रम एडवार्ड भन्दा बिल्कुलै फरक कार्यक्रम हो, जसले एडवार्ड विज्ञापनहरुलाई प्रचार प्रसार एवम् विस्तार गर्नका लागि तपाईं हामी जस्ता ब्लग तथा वेवसाइट संचालकहरुलाई ती आफ्ना साइट तथा ब्लगहरुमा प्रसारित गर्नका लागि अनुमति दिने काम गर्छ । अनि हाम्रो साइट तथा ब्लगहरुमा विज्ञापन राखिदिए वापत एडवर्ड ग्राहकहरुबाट गुगललाई तिरिएको रकमको केही रकम छुट्याउने गर्दछ । अर्को शब्दमा भन्नु पर्दा एडसेन्स पब्लिसर को हैसियतले तपाईंले गुगललाई ती एडवार्ड विज्ञापन प्रचारका लागि सहयोग पु¥याउनु हुन्छ । हरेक पटक तपाईंको साइटमा त्यहाँ राखिएको गुगल विज्ञापनमा साइट भिजिटर्सले क्लिक गरे वापत प्राप्त हुने पुरा रकमको केही निश्चित प्रतिशत शेयर रकम चै तपाईंलाईं तिर्छ । त्यो नै हामीले गुगल एडसेन्स बाट कमाउने रकम हो । त्यो रकम कति हुन्छ भन्ने कुरा विज्ञापनको प्रकृतिमा भर पर्ने हुन्छ भने बढी रकम प्राप्त हुने विज्ञापन देखिने कुरा आफूले बनाएको साइट तथा ब्लगको सामाग्रीमा भर पर्दछ जसलाई अंग्रेजीमा कन्टेन्ट भनिन्छ । अनि कन्टेन्ट अनुसारका विज्ञापनहरु देखिएमा बढी क्लिक हुने कुरामा दुइमत छैन ।

यसरी बढी क्लिक हुनु भनेको आफ्नो आम्दानी पनि बढी हुँदै जानु हो । उदाहरणका लागि तपाईं कुनै चिया प्रोडक्ट सम्बन्धी ब्लगिङ्ग गर्नुहुन्छ अथवा नेपाल टे«किङ्ग गाइड सम्बन्धी ब्लग तथा वेवसाइट चलाउनुहुन्छ भने जब तपाईंले एडसेन्स प्रोग्राममा सहभागी बन्नु हुन्छ त्यति बेला गुगलले केही जाभास्क्रिप्ट कोड उपलब्ध गराउँछ, जुन चाही तपाईंले आफ्नो साइट तथा ब्लगमा राख्नु पर्ने हुन्छ । तपाईंले त्यो कोड आफ्नो साइटमा राखीसकेपछि गुगलले आफ्नो अत्याधुनिक स्वचालित अनलाइन प्रविधिमार्फत अघि माथि उल्लेख गरिएको साइटको कन्टेन्ट पढ्छ र त्यो ब्लग तथा साइट के बारेमा हो भन्ने कुरा छुट्याइसके पछि त्यही अनुसारका विज्ञापनहरु डिस्प्ले गर्छ । यसका लागि विज्ञापन कोड राखिसके पछि दश मिनेटको समयले लिने गर्दछ ।

सान्दर्भिक कन्टेन्ट ले भिजिटर ट्राफिक बढाउने काम गर्दछ भने सान्दर्भिक विज्ञापनले ती भिजिटरहरुलाई उक्त विज्ञापनमा क्लिक गराउने मौकामा वृद्धि गर्दछ । यसको मतलब तपाईंको आम्दानी बढ्नु हो । यसरी आम्दानी बढ्दै एकसय डलर पुगेपछि गुगलले चेक पठाउने गर्दछ । जुन चेक तपाईंले आफ्नो बैंक खातामा जम्मा गर्न सक्नु हुने छ । नेपालमा वेस्टर्न युनियन बाट पनि सिधै प्राप्त गर्न सकिन्छ ।

ब्लगिङ्गबाट अवस्य पनि मनग्गे आम्दानी गर्न सकिन्छ । योजनावद्ध रुपमा व्यवसायिक सोचले अगाडि बढ्नु जरुरी हुन्छ । जुन कुरालाई व्यवसायिक सोचमा लगाइन्छ र त्यो योजना अनुसार काम गरिन्छ भने फाइदा अवस्य हुन्छ । किनकी बाटोमा लडेको वियरको बोतललाई तेतिकै छोडिदिने भए त्यो फुट्छ अथावा माटोले पुरिदै जान्छ तर कुनै एउटा व्यक्ति त्यस्ता बोतलहरु भेला गरेर बेच्ने काम गर्छ भने उसले अवस्य आम्दानी गर्छ । त्यसैले ब्लगिङ्ग एडसेन्सलाई पनि व्यावसायिक रुपमा लिएर अगाडि बढौं । स्वरोजगार सिर्जना गरौं ।
प्रस्तुती :ज्ञानु वस्नेत,हाल ईजरायल ।

3 प्रतिक्रिया:

  1. GOOD NEWS!!!!!!!!!!!!THANK U SO MUCH
    BUT HOW TO START BLOG I DONT KNOW. PLEASE GUIDE ME.

    ReplyDelete
  2. लेख त राम्रो हो तर कसरी ब्लग शुरु गर्ने हो त

    ReplyDelete
  3. तपाईं हो आज एक बिक्री को लागि लागू भने आफ्नो मृगौलाको वा अन्य अंगहरु बेच्न चाहनुहुन्छ र के तपाईं इमेल मार्फत मलाई need.Contact अधिकतम सन्तुष्टि दिइनेछ: doctorcharlieclinic@gmail.com

    ReplyDelete

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top