अष्ट्रियाका एक कम्प्युटर व्यवसायीले आफ्नो महङ्गो ल्यापटप चोरी भएपछि चोर पक्राउ गर्न नयाँ तरिका फेला पारे । त्यो तरिका उनले प्रयोग मात्र गरेनन् कि सफल समेत भयो ।
एनानोभा एजेन्सीका अनुसार अष्ट्रियाका ४५ वर्षीय थोमस कारेर पसलमा नभएको मौका पारेर दुइ टीन एजर ठिटाहरुले १ हजार पाउण्ड रकम पर्ने ल्यापटप पसलबाट चोरेर टाप कसे । सौभाग्य कस्तो भने, उनले पसलमा सीसीटीभी चाहिँ राखेका थिए । जसले ती टीन एजर केटाहरुले चोरेको भिडियो रेकर्ड गरेर राखेको रहेछ ।
युट्यूबमा राखिएको भिडियोमा एउटा ठिटो बाहिर मान्छे आउँछन् कि भनेर हेर्ने र अर्को चाहिँ ल्यापटपलाई बोकेर ज्याकेट भित्र घुसाउँदै गरेको दृश्य राखिएको थियो ।
प्रविधिलाई सही सदुपयोग गर्न सकेको खण्डमा माया मारिसकेको चिज पनि फेला पारेपछि अहिले थोमस कारेर दङ्ग परेका छन् ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |