वाह रे इश्वर प्रेम !

इश्वर भनेपछि नेपालका मात्र होइनन्, अमेरिकीहरु पनि कमका हुँदा रहेनछन् ! गएको साता एउटा डाक बढाबढ गर्ने वेबसाइटमा तेल र ग्रिजको मिसावटका कारण बनेको एउटा चित्र 'जिसस क्राइष्ट'जस्तै भएको भन्दै राखिएको फोटोलाई तिर्न मान्छेहरुले ७५० पाउण्डसम्म खर्च गरेका छन् ।

स्थानीय एउटा ग्यारेजमा त्यहाँका कामदारहरुले एउटा टिनको बाकसलाई हात पुछ्ने गम्छा बनाउँदा त्यसमा मान्छेको अनुहार बन्न पुगेको थियो र त्यो अनुहार त्यहाँका मानिसहरुले येशू ख्रिष्टको मान्दै त्यसलाई जति भन्यो त्यति दाम तिर्न राजी रहेको एनानोभा समाचार संस्थाले जनाएको छ ।

डेब सेरियोले यो प्रतिमायुक्त टिन चोइटो अमेरिकी राज्य भर्जिनियाको जङ्गल छेउ पाएकी थिइन् । अहिले त्यो प्रतिमा इबे वेबसाइटमा एक हजार पाँच सय २५ अमेरिकी डलरमा बिक्री भएको डेली टेल्रि्राफ अखबारले जनाएको छ ।

एउटा स्थानीय हाइ स्कूलकी शिक्षिकाले दङ्ग पर्दै भनिन्- "म ज्यादै अचम्ममा परेकी छु कि कोही किन यति हत्ते गरिरहेको छ, जाबो एउटा अस्पष्ट चित्रका लागि !"

"साँच्ची भनुँ - मैले यसबाट पैसा कमाउँली भनेर रत्तिभर पनि सोचेकी थिइनँ", चहकिँदै उनले बताइन् ।

यो चित्रलाई इन्टरनेटमा बेच्नका लागि राखेपछि संसारभरबाट उनलाई सयौँ सूचना आएको र येशू ख्रिष्टको यो चित्र आफूलाई बेच्न आग्रह गरिएको उनले बताइन् ।

यता एक जना येशू ख्रिष्ट सम्बद्ध संस्था लुथरनका क्रियाशील सदस्यले यो एउटा आकस्मिकता रहेको र योर् इश्वरको संकेत या जादू केही पनि नभएको बताएका छन् ।

"कोही कोही यस्तो पाए आफूलाई भाग्यमानी ठान्छन् र नयाँ कुराको शुरुवातमा यसलाई शुभसंकेत मान्दै नयाँ कामको थालनी गर्छन् । तर मलाई यस्तो कुरामा विश्वास छैन । त्यसैले यसलाई बेच्न लागेकी हुँ", यही चित्रकै कारण एक हजारभन्दा बढी डलरकी मालिक्नी बनिसकेकी उनले बताइन् ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top