नेपालमा इन्टरनेट प्रयोगकर्ता ५४ प्रतिशतले बढे

नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या एक बर्षको अबधिमै करिव ५४ प्रतिशतले बढेको छ । वाएरलेस, एडीएसएल, जीपीआरएस लगायतका सेवाको विस्तारले इन्टरनेट प्रयोगकर्ता बढेका हुन् ।
नेपालमा अधिकांश इन्टरनेट प्रयोकर्ताकले फेसबुक र ट्वीटर लगायतका सामाजिक संजाल साइट र इमेल खोल्ने गरेको नेपाल इन्टरनेट प्रोभाइडर एसोसिएसनले जनाएको छ । संघका अध्यक्ष बिनय बोहोराले डायलअप लगायत पुराना प्रबिधि घट्दो र नयाँ प्रबिधिको प्रयोग बढ्दो रहेको बताए ।
नेपाल दुरसंचार प्राधिकरणको तथ्याङ्कअनुसार अघिल्लो बर्ष करिव २४ लाख ५० हजार रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या यो बर्ष ३५ लाख नब्बे हजार पुगेको छ । एक बर्षको अबधिमा वायरलेस तथा जीपीआरएस प्रबिधिका इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ । यो अबधिमा वायरलेस प्रयोगकर्ताको संख्या १३ हजार बाट २८ हजार, जीपीआरएसको प्रयोगकर्ता २२ लाख बाट ३२ लाख पुगेको छ भने एडीएसएल प्रयोगकर्ताको संख्या करिव ७८ हजार पुगेको छ । एडीएसएलले एक बर्षमै ५५ प्रतिशतसम्म ग्राहक संख्या बढाएको छ । जीपीआरएस सेवा दिनेमा एनसेल अगाडी देखिएको छ भने नेपाल टेलिकम केही पछाडी परेको छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top