पेटबाट निस्कियो ४२१ सिक्का, १९६ नट र १७ बोल्ट
४२१ सिक्का, १९६ नट, १७ बोल्ट र तीन बटा तालाको साँचो । यो कुनै दराजमा राखिएको होइन, भारत छत्तिसगढको कोरबा जिल्लाका २८ वषर्ीय कुलेश्वर सिंहको पेटबाट निकालिएको हो ।
मानसिक रुपमा कमजोर कुलेश्वरले यो सब कहिले खाए भन्ने परिवारलाई कुनै पत्तो छैन । उनकी श्रीमती कुसुमले आफ्नो श्रीमानले यी सब कहिले खाए भन्ने आफूलाई थाहापत्तो नभएको बताइन ।
सुरुमा उनले पेट दुखेको भन्दै आएका थिए । डाक्टरहरुले सामान्य रोग भन्दै उपचार गरेपनि हाल गरिएको परिक्षणका क्रममा भेटिएको थियो । उपचारमा संलग्न चिकित्सक एसएन यादवले मानसिक रोगीहरु यस्ता बस्तुहरु खान रुचाउने बताए ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |