कुकुरको भुकाइ कम्प्युटरले अनुवाद गर्ने
हंगेरीका वैज्ञानिकहरुले एउटा यस्तो कम्प्युटर प्रोग्रामिङ गर्ने भएका छन्, जसले कुकुरको भुकाइलाई मान्छेको भाषामा अनुवाद गर्ने भएको छ । यसले कुकुरको भुकाइको शैली र त्यसका प्रकारलाई मनन् मात्र गर्दैन, त्यसको भावार्थसमेत निकालिदिन्छ ।
बीबीसीले जनाएअनुसार यो विभिन्न किसिमका कुकुरहरुको ६ हजारभन्दा बढी भुकाइलाई अध्ययन, अनुसन्धान र मनन् गरी यस किसिमको निश्कर्षनिकालिएको हो । अनुसन्धानका क्रममा कुकुरले भकुण्डो भेट्दा, झगडा गर्दा, खेल्दा अथवा कुनै नौलो मान्छेलाई देख्दा या कुकुरलाई घुम्न मन लाग्दा निकालेका आवाजहरुलाई अध्ययन गरी उनीहरुको भाषा बनाइएको हो ।
तर वैज्ञानिकहरुले यो नै पूर्ण भाषा नभएको र यसले मान्छेलाई उनीहरुको इच्छा वा उनीहरुको भावनालाई मात्र प्रतिविम्बित गर्ने जानकारी दिएका छन् ।
४३ प्रतिशत कुकुरका शाब्दिक भावनालाई कम्प्युटरले ठीक रुपमा पहिचान गर्न सकेको छ भने मान्छेले कुकुरका संवेदनामध्ये ४० प्रतिशतलाई ठीक रुपमा बुझ्न सकेको पाइएको छ ।
बुढापेष्टस्थित एटभोस युनिभर्सिटीका वैज्ञानिक सीसाबा मोल्नारले बीबीसीलाई भने- "हामीले भुकाइका विविध तरिकालाई ज्यादै मिहिन तरिकाले बुझ्न यो प्रविधिमार्फ सक्छौँ । विविध समयमा विविध आवाज निकालेर आफ्नो भावना व्यक्त गर्ने कुकुरलाई हामीले समयमै उसको कुरा बुझ्न सक्दा अझ नजिकको साथी हुन सक्छौँ ।"
तर संसारभर यति धेरै जातका कुकुर छन् कि ती सबैको भाषा बुझ्न कम्प्युटर अझै सफल भएको छैन । वैज्ञानिकहरु भन्छन्- "कामको शुरुवात भयो, यसलाई वर्षौँको निरन्तर प्रयासपछि मात्र सफल हुन सकिन्छ ।"
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |