चीनका एक किसानले आफूले खाएका र गाउँभरिका जँड्याहाले खाएका बियरका बोतल भेला पारेर सोलार हिटर बनाएका छन् ।
बियरका बोतललाई लाइन मिलाएर एउटा बोर्डमा राखिएको छ । एकअर्कासँग मज्जाले मिलाएर राखिएको यी बोतलको छेउमा रहेको पाइपबाट पानी त्यहाँ हालिन्छ । जहाँ सूर्यको प्रकाश ती बोतलमा पर्न थालेपछि मज्जाले पानी तानिन्छ ।
"मैले मेरी आमाका लागि यस्तो प्रविधिको विकास गर्नु पर्यो । म आमाको लागि नुहाउने तातो पानी हरबखत तयार पार्न चाहन्थेँ, जुन आवश्यकताले यो सिर्जना गरिदिएको छ", फर्निचरसम्बन्धी काम पनि गर्ने साक्क्षी प्रान्तस्थित किकाओ गाउँका मा येन्जुनले बताए ।
"यस्तो किसिमको सजिलै बन्ने र बनाउन मिल्ने प्रविधिलाई देशभर प्रचार प्रसार गर्न सके, हामीजस्तो कन्दरामा बस्ने व्यक्तिका आमा-बुवाहरुले बाह्रै महिना तातो पानीले नुहाउन पाउने थिए", उनले बताए । हुन पनि उनका लागि वास्तविक सोलार हिटर निकै महंगो पर्न जान्छ । त्यसैले यिनले आफैँले सोलार हिटर बनाए ।
त्यसो त मा आफैँले मात्र यसलाई बनाएर उपयोग गरेनन्, गाउँभरिका २० परिवार अहिले यही प्रविधि उपयोग गर्छन् र ती सबैलाई उनले बनाउने प्रविधि र उपयोग विधि सिकाइसकेका छन् ।
प्रशस्त बियर किन्ने पैसा जम्मा भयो भने ती गिलासले गाँउमा सार्वजनिक नुहाउने धारा बनाउने इच्छा व्यक्त गरेका छन् । उनी चाहन्छन्, ताकि सबैले तातो पानीबाट नुहाउन सकून् ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |