
अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाको एक अन्तरिक्ष यानले यानले बुध ग्रहको उत्तरी ध्रुबमा प्रसस्त मात्रामा बरफ भएको पत्ता लगाएको छ । उक्त बरफ यदी फैलने हो भने वासिङ्टन डि सि बराबरको क्षेत्रफल ओगट्ने पनि नासाले जनाएको छ ।झट्ट सम्झदा सुर्यको त्यती नजिकको बुध ग्रह्मा बरफ फेला पर्नु एक अनौठो र आश्चर्यजनक तथ्य भएको नासाले जनाएको छ । फेला नपर्नु पर्ने ठाउँमा बरफ फेला पर्नु एकदमै आश्चर्यजनक तथ्य भएको अनुसन्धानकर्ताको ठहर छ ।उसो त बुध ग्रहको ढल्काइ लगभग ० डिग्री नै छ यानकी १ डिग्री भन्दा कम नै छ । त्यसैले पनि उक्त ग्रहको ध्रुबिय क्षत्रमा अबस्थितत विभिन्न स्थानहरुमा कहिल्यै पनि सुर्यको प्रकाश पर्दैन । बैज्ञानिकहरुका अनुसार बुध ग्रहको ध्रुबिय क्षेत्रमा सुर्यको प्रकास नपरेका भागहरुमा नै बरफ फेला परेको हो । सन् १९९१ मा Arecibo radio telescope नामक telescope ले बुध ग्रहको ध्रुबिय क्षेत्रवरपर चम्किलो प्रकासका धब्बा देखिएको थियो । उक्त परिक्षण पश्चात नासाले बुध ग्रह तर्फ आफ्नो spacecraft पठाएको थियो । उक्त spacecraft ले बुध ग्रहको ध्रुबियक्षेत्रका छायाँ परेका भू-भाग को तस्बिर पठायो । बृहत अनुसन्धान पश्चात बैज्ञानिक हरु उक्त भू-भागमा बरफ रहेको निश्कर्षमा पुगे ।
बुध ग्रहको दक्षिणी र उत्तरी ध्रुबमा फेला परेको उक्त भारि परिमाणको बरफ को माथिल्लो सतह कुनै तत्वले ढाकेको छ । उक्त बरफ जमेको स्थान निकै चिसो रहेको छ । मेसेन्जर नामक नासको spacecraft ले neutron spectroscopy प्रयोग गरेर उक्त बरफमा हाइड्रोजनको concerntration मात्रा जांच गर्दा पानीको अणुमा पाइने बराबरको हाइड्रोजन परमाणु भेटिएको थियो । 'बुध ग्रहको उक्त अन्धकार क्षेत्रमा कसैले पनि यो भन्दा अघि चासो नदिएको ले पनि अहिले महत्वपूर्ण अनुसन्धानको बिषय भएको छ ।', अनुसन्धानमा संलग्न बैज्ञानिक Gregory Neumannले बताए । बरफको माथिल्लो भागलाई ढाक्ने उक्त कालो पदार्थ कुनै जैविक पदार्थद्वारा निर्माण भएको अनुसन्धानमा संलग्न अर्का बैज्ञानिक David Paige ले बताए । बुध ग्रहमा बरफ भेटिनुले बुध मा जीवको अस्तित्वको बारेमा अनुसन्धान गर्नको लागि नयाँ बिषय बनेको छ । आगामी दिनमा बैज्ञानिकहरुले बृहत अनुसन्धान गरि यस बारेमा थप जानकारी दिने पनि नासाले बताएको छ ।
good news 4 all curiositer....
ReplyDelete