इन्टरनेटसँग अभ्यस्त जीवनशैलीमा सबै सोसल नेटवर्कसँग अभ्यस्त हुन्छन् भन्न सकिन्न । इमेल मात्रमा सीमित रहेर इन्टरनेटसँग रमाउनेहरू पनि प्रशस्तै भेटिन्छन् । इन्टरनेटसँग जोडिने आधार अरू पनि छन् । प्रयोगकर्ताको आधारमा फेसबुकलाई कसैले उछिन्न सकेको छैन । प्रयोगलाई आधार मान्ने हो भने अरू सोसल नेटवर्कले फेसबुकलाई चुनौती दिन छाडेको छैन ।


टि्वटर अर्को एउटा उत्तिकै लोकपि्रय सोसल नेटवर्क हो । समय र आवश्यकताअनुसार सोसल नेटवर्कको प्रयोगमा पनि परिवर्तन हुँदैछ । सोसल नेटवर्क समय बिताउने र आपmना विचार 'सेयर' गर्नेमा मात्र सीमित रहेन । सोसल मिडियामा फेसबुकले भन्दा बढी टि्वटरले आफूलाई स्थापित गर्दैछ ।

सोसल नेटवर्कको क्षेत्र, सुविधा अनि क्षमता दुवै बढ्दै छन् । छोटो मीठो ब्लगका रूपमा लिइएको टि्वटर पनि समयसँगै परिवर्तन हुँदैछ । हालै टि्वटरमा केही सुविधा थपिएको छ । अब टि्वटलाई इमेल गर्न सकिनेछ । यो नयाँ फिचर टि्वट नगर्ने इन्टरनेट प्रयोगकर्ताप्रति लक्षित गरिएको छ भन्दा फरक नपर्ला । आजकल 'ब्रेकिङ न्युज' हरू न्युज पोर्टलमा भन्दा बढी सोसल नेटवर्कमा भेटिन्छन् ।

कतिपय न्युज मिडियाले कभर गर्न नसकेका/नगरेका विषय पनि सोसल नेटवर्कमा पाइन्छन् । सोसल नेटवर्क नरुचाउने इन्टरनेट प्रयोगकर्ताले पनि त ताजा खबर पाउनुपर्‍यो नि ? सोसल नेटवर्कबाट सोसल मिडियाको छवि बनाउँदै गरेको टि्वटरको कदमले सोसल नेटवर्क नचलाउनेलाई पनि 'अपटु डेट' ? हरेक साना-ठूला विषय टि्वट हुन थालेका छन् ।

टि्वटबाटै समाचार बनेका पनि छन् । टि्वटरसँग प्रत्येकपल्ट साथ रहन समयअनुसारका मोबाइल डिभाइसले धेरै मद्दत गरेको छ, टि्वटर प्रयोगकर्तालाई । धेरै संख्यामा टि्वट मोबाइल डिभाइसबाट नै हुने गर्दछ र मोबाइल डिभाइसका लागि टि्वट गर्ने प्रशस्तै एप्लिकेसन पनि पाइन्छन् ।

टि्वट इमेल गर्ने फिचर टि्वटरको आधिकारिक वेबसाइट मात्र नभएर यी एप्लिकेसनमा पनि उपलब्ध हुनेछ । टि्वट इमेलसँगै टि्वटहरू खोज्ने -सर्च) लाई पनि सुधारेको छ । आधिकारिक वेबसाइट र एप्लिकेसनबाट गरिएका टि्वटलाई इमेल गर्न सकिनेछ । टि्वटलाई टि्वटर प्रयोग गर्ने/नगर्ने सबै खालका प्रयोगकर्ताहरूलाई इमेल गर्न सकिन्छ ।

टि्वटलाई इमेल गर्न टि्वटर पेजमा रहेको 'फेभरेट' को छेउमा रहेको 'मोर' आइकन क्लिक गर्ने र आइकनले इमेल गर्ने नयाँ विन्डो खोलिदिनेछ । टि्वट इमेल गर्न सकिने भयो । तर इमेल कसको नामबाट जाने छ त ? इमेल जानेछ, टि्वटरका लागि प्रयोग गर्दै आउनुभएको इमेलबाट । मोबाइल डिभाइसबाट टि्वट इमेल गर्दा, इमेल पठाउनेको एड्रेस डिभाइसको डिफल्ट इमेल एड्रेस हुनेछ ।

फेसबुकजस्तै टि्वटर प्रयोगकर्ताको संख्या बढ्ने क्रम पनि जारी छ । पछिल्लो विवरण अनुसार टि्वटर प्रयोगकर्ताको संख्या पचास करोड छ । फेसबुकको तुलनामा झन्डै आधा भए पनि टि्वटरले सोसल मिडियामा लिएको स्थान प्रशंसायोग्य छ । इमेल इन-बक्समा टि्वटको संख्या बढ्दा टि्वटरसँग नाता जोड्न प्रलोभन जगाउने सम्भावना पनि छ । प्रस्तुति : मनोज कर्माचार्य

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top