एक नयाँ अध्ययनले अधिकांस मानिस आफु कार्यरत कार्यालयको हाकिमसँग फेसबुकमा साथी बन्न नचाहने तथ्य बाहिर ल्याएको छ । अमेरिकामा गरिएको एक सर्भेक्षण अनुसार कर्मचारीहरु फेसबुकमा आफ्नो बोससँग दूरी कायम गर्न चाहन्छन् अर्थात् फेसबुकमा हाकिमको फ्रेण्ड बन्न चाहन्नन् । सर्भेक्षणले ८१ प्रतिशत मानिस आफ्नो बोससँग फेसबुके साथी बन्न नचाहने गरेको देखायो ।
सोडा हेड र युटेल फाउण्डेसन नामक वेबसाइटले गराएको सर्भेक्षणका क्रममा सयमा ८१ जना मानिसले आफुले आफ्नो फेसबुकमा आफ्नो हाकिमलाई ‘एड’ नगर्ने बताए । सर्भेक्षण २५ देखि ३४ वर्ष उमेर समूहका ७२२ जना मानिसमा गरिएको थियो । तर हाकिमलाई एकचोटी फेसबुके साथी बनाइसकेपछि भने उनीहरु कसैले पनि फ्रेण्ड लिस्टबाट हटाउन चाहँदैनन् ।
सर्भेक्षणले अर्को रोचक तथ्य के पनि पत्ता लगाएको छ भने अधिकांस हाकिमहरु आफु मातहतका कर्मचारीसँग फेसबुकमा साथी बन्न चाहन्छन् । सर्भेक्षणले ५५ प्रतिशत हाकिमहरु आफ्ना सहयोगी कर्मचारीसँग फेसबुके साथी बन्न चाहने र ४५ प्रतिशतले भने आफु मातहतका कर्मचारीसँग फेसबुकमा जोडिन नचाहने गरेको देखाएको छ ।
Related Posts
बन्द हुने भो फेसबुकको इमेल सेवा
फेसबुकले चुपचाप आफ्नजो तीन वर्ष पुरानो इमेल सेवा बन्द गर्ने फैसला गरेको छ । यो प्रयोगकर्ताहरुले ‘@[...]
कसरि Clear गर्ने Search History? (फेसबुक टिप्स)
के तपाइलाई थाहा छ फेस्बुक्ले पनि search को सुविधालाई प्राथमिकताका साथ् राखेको हुन्छ यानकी हजुरले आफ[...]
फेसबुकमा जति धेरै साथी, उति नै तनाब
फेसबुकमा साथीहरुको लामो लिस्ट हुने मानिस आफूहरुमाझ चर्चित भएका ठान्छन् । तर, त्यस्ता ब्यक्तिले निकै[...]
फेसबुकबाट सजिलै पैसा कमाउनुस
के तपाई आफ्नो फेसबुक Account बाट पैसा कमाउन चाहनुहुन्छ? र कमाएको पैसा आफ्नो paypal/payza मा जम्मा गर[...]
Subscribe to:
Post Comments (Atom)
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |
Click to see the code!
To insert emoticon you must added at least one space before the code.