एक नयाँ अध्ययनले अधिकांस मानिस आफु कार्यरत कार्यालयको हाकिमसँग फेसबुकमा साथी बन्न नचाहने तथ्य बाहिर ल्याएको छ । अमेरिकामा गरिएको एक सर्भेक्षण अनुसार कर्मचारीहरु फेसबुकमा आफ्नो बोससँग दूरी कायम गर्न चाहन्छन् अर्थात् फेसबुकमा हाकिमको फ्रेण्ड बन्न चाहन्नन् । सर्भेक्षणले ८१ प्रतिशत मानिस आफ्नो बोससँग फेसबुके साथी बन्न नचाहने गरेको देखायो ।



सोडा हेड र युटेल फाउण्डेसन नामक वेबसाइटले गराएको सर्भेक्षणका क्रममा सयमा ८१ जना मानिसले आफुले आफ्नो फेसबुकमा आफ्नो हाकिमलाई ‘एड’ नगर्ने बताए । सर्भेक्षण २५ देखि ३४ वर्ष उमेर समूहका ७२२ जना मानिसमा गरिएको थियो । तर हाकिमलाई एकचोटी फेसबुके साथी बनाइसकेपछि भने उनीहरु कसैले पनि फ्रेण्ड लिस्टबाट हटाउन चाहँदैनन् ।

सर्भेक्षणले अर्को रोचक तथ्य के पनि पत्ता लगाएको छ भने अधिकांस हाकिमहरु आफु मातहतका कर्मचारीसँग फेसबुकमा साथी बन्न चाहन्छन् । सर्भेक्षणले ५५ प्रतिशत हाकिमहरु आफ्ना सहयोगी कर्मचारीसँग फेसबुके साथी बन्न चाहने र ४५ प्रतिशतले भने आफु मातहतका कर्मचारीसँग फेसबुकमा जोडिन नचाहने गरेको देखाएको छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top